बिएल संवाददाता
वीरगन्जको नारायणी अस्पतालमा डा. चित्तरञ्जन साहले निमित्ति मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएका छन्। यो जिम्मेवारी उनले तेस्रोपटक पाएका हुन्।
तत्कालीन मेसु डा. चुमनलाल दास सरुवा भएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गएपछि साहलाई निमित्तको जिम्मेवारी दिइएको हो।
डा. साहलाई अस्पताल विकास समितिका सदस्य विमल पौडेलले स्वागत गरे। स्वागत कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका सद्स्य विमल पौडेलले अस्पतालका विद्यमान समस्याहरू समाधान गर्दै बिरामीको हितमा काम गर्न सुझाव दिए। अस्पताललाई मधेश प्रदेसकै नमुना बनाउनुपर्ने दायित्व रहेको भन्दै अस्पताल विकासका लागि आवश्यक सहयोग विकास समितिले उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे।
त्यस्तै कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा सरुवा भएका पूर्व मेसु डा.चुमनलाल दासलाई पनि सदस्य पौडेलले बिदाइ गरेका थिए।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया