पेस्तोल र खुकुरीसहित एक भारतीय पक्राउ
झापाको मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टा बसपार्कबाट एक भारतीय नागरिकलाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भारत पश्चिम बंगाल, सिलिगुढी निवासी ३५ वर्षीय जयप्रकाश कुमार पाठक हुन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
बिएल संवाददाता - काठमाडौं