बुधबार, १० डिसेम्बर २०२५

आइजिपी बने दानबहादुर कार्की

News Image
• • •

एआइजी दानबहादुर कार्की अब आइजिपी भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको हो।

३० वर्ष सेवा अवधिका कारण वर्तमान आइजिपी चन्द्रकुबेर खापुङ अब अवकासमा जाँदैछन्। कात्तिक २६ गते राति १२ बजेदेखि उनले अनिवार्य अवकास पाउनेछन्। त्यसअघि नै सरकारले कार्कीलाई नयाँ आइजिपी नियुक्त गरेको हो।

प्रहरीमा अहिलेसम्म कुनै बिचलनमा नमुछिएका कार्कीले गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा काठमाडौं उपत्यकाको सुरक्षा कमाण्ड सम्हालेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!