शनिबार, ०८ नोभेम्बर २०२५

प्रधानमन्त्री आज पनि ‘बेड रेस्ट’मा, सबै कार्यक्रम रद्द

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि ओलीको आजको सम्पूर्ण कार्यक्रम रद्द गरिएको छ। आज ओली सिद्धबाबा सुरुङ्ग ब्रेक-थ्रुका लागि पाल्पा जाने कार्यक्रम थियो। तर, चिसोका कारण घाँटीमा समस्या भएपछि बुधबारदेखि ओली प्रधानमन्त्रीको सरकारी निवासमै आराम गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी प्रकरण- पीडितको तर्फबाट सुरेन्द्र भण्डारीले थाले बहस

लामिछाने विरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो। बुधबार लामिछाने अदालतमा उपस्थित भई उनी माथिको बयान सकिएको थियो। बिहीबार सरकारी वकिलले बहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फबाट बहस हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिसो बढेपछि धनुषाका सामुदायिक विद्यालयहरु बन्द

विपद् व्यवस्थापन समितिको बैठकले जनकपुरधाम उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु माघ ११ गतेदेखि १३ गतेसम्म दुई दिन जाडो बिदा दिने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

राजनीतिक दलहरूको चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन्: प्राडा विद्यानाथ कोइराला

पाठ्यक्रम जहिल्यै पुरानो हुँदो रहेछ। त्यसले नयाँ कुराकानी गर्नै सक्दैन्। परिवेश चाहीे शिक्षकको तागतसँग टाँसिएको वस्तु हुँदो रहेछ। शिक्षकहरुलाई अध्यावधिक गरौ भनेर बल गरेको त्यो पनि सकिएन। सबै शिक्षकसँग मोबाइल छ, फेसबुक चलाउन जान्दछन्। नयाँ कुरा त्यसैमा हालौं भनेको हो। नयाँ कुरा नभएपछि विचरा शिक्षक त पुराना थोत्रा कुरा गर्ने भए। विद्यार्थी नयाँ कुरा जान्दछन् तर शिक्षक पुराना कुरा गर्छन। त्यो नमिल्दो रहेछ। त्यसैले पाठ्यक्रम र शिक्षकहरु अध्यावधिक हुनैपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिद्धबाबा सुरूङमार्गको ‘ब्रेक थ्रु’ आज, सहभागी हुँदै ओली

सिद्धबाबा सुरूङमार्गको ‘ब्रेक थ्रु’ आज शुक्रबार हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली सुरूङमार्ग ब्रेक थ्रु कार्यक्रममा सहभागी हुने तय भएको हो। ब्रेक थ्रुलाई सेलिब्रेसनको रुपमा मनाउन प्रधानमन्त्री आउने तय भएको सिद्धबाबा सुरूङमार्ग निर्माण आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताए। सुरूङमार्गको ब्रेक थ्रुका लागि प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायत आउने तय भएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजको मौसम कस्तो छ?

हाल देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम  सफा रहेको छ।   अहिले तराईका धेरै भागमा हुस्सु लागेको छ भने यो क्रम यो  साताभर रहने  महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५ लाख धरौटीमा छुटे सभापति पोखरेलका पूर्वस्वकीय सचिव

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्ने आदेश दिएको छ। बिहीबार न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने फैसला पुनरावलोकन हुने

न्यायाधीशहरू सपना मल्ल प्रधान, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले यसअघि निलम्बन फुकुवा गर्ने आफ्नै फैसलालाई पुनरावलोकन गर्ने आदेश गरेको हो। अब तीन सदस्यीय न्यायाधीशको पूर्ण इजलासले यसअघिको फैसलाको न्यायिक परिक्षण गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आप्रवासीविरुद्ध निर्मम ट्रम्प- ६ महिनामा ३ हजार नेपाली फिर्ता गर्दै

आईसीईले अस्थायी संरक्षण स्टाटस (टीपीएस)मा नरहेका उनीहरूलाई पक्राउ गरेमा तुरुन्तै निष्कासित हुनेछन्। निष्कासनमा पर्नसक्ने अधिकांश नेपालीहरू २०१५ जुन २४ पछि अमेरिका प्रवेश गरेका थिए। त्यसअघि अमेरिका प्रवेश गरेका पनि टार्गेटमा पर्न सक्छन्। यद्यपि उनीहरूमध्ये अधिकांश टीपीएसअन्तर्गत संरक्षित छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीको आवाजमा रतनले ल्याए ‘जदौ हजुर’

दुख र पिडामा कर्णालीका मानिसहरू क्रन्दन र चित्कार गर्छन्। त्यसकै एक बिम्बको रुपमा साङ्गितिक कोशेली ‘जदौ हजुर’मार्फत राज्य सत्तालाई ठुलै उपलब्धि गरेको जसरी नेतृत्वको खुसीलाई र ठुल्ठुलो स्वरको हासेलाई व्यंग्य गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविलाई आज पनि श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

बिहीबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहस नसकिएपछि उनलाई शुक्रबार अदालतमा उपस्थित गराउने सर्तमा श्रीमती निकिता पौडेल लामिछाने र उनका कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

रुपन्देहीमा रवि लामिछानेविरुद्ध थुनछेक बहस जारी

बुधबार रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलास लामिछानेको बयान सकिएको थियो। आज थुनछेक बहस जारी छ। बहसपछि लामिछानेलाई साधारण तारेख, धरौटी जमानतमा रिहाइ गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने टुंगो लाग्ने छ। रास्वपा रुपन्देही स्रोतका अनुसार बहस लामो हुने भएकोले लामिछानेको तर्फबाट बहसका लागि समेसम्म कम वकिलहरूलाई बहसमा उतारिँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

जंगली जनावरको आक्रमणबाट महिलाको मृत्यु, लतारिएको अवस्थामा शव फेला

बुधबार सोही वडामा रहेको भवती सामूदायिक वनको वनमा दाउरा काट्न गएकी चेतीलाई बाघ वा चितुवा मध्य कुनै एक वन्यजन्तुले आक्रमण गरी मारेको हुनसक्ने आशंका गरिएको भगवती सामूदायिक वनका अध्यक्ष टिकाराम वलीले जानकारी दिए। उनलाई हिंस्रक जंगली जनावरकै आक्रमण भएको अनुमान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

महाराष्ट्र रेल दुर्घटन: मृत्यु भएका चार जना नेपाली पहिचान

बुधबार साँझ पाैने पाँच बजेतिर महाराष्ट्रकाे जलगाउँमा उक्त दुर्घटना भएकाे थियाे। खासगरी पुष्क एक्सप्रेसमा आगाे लागेकाे हल्ला फैलिएपछि यात्रुहरूले रेलकाे चेन खिचेर राेकेका थिए। त्यसपछि त्याे रेलबाट यात्रुहरू ओर्लेर भागदौड गर्न थाले र अर्काे ट्र्याकबाट आएकाे कर्नाटक एक्प्रेसकाे रेलले कैयाै यात्रुलाई कुल्चेकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऐन महरविरुद्ध पक्राउपूर्जी

महरमाथि एक महिलाले यौन शोषण र बलात्कारविरुद्ध मुद्दा हालेका थिइन्। उच्च अदालत पाटनका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलाशले बुधबार परमादेशसँगै महरविरुद्ध पक्राउपूर्जी जारी गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलाई श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश, भोलि फेरि उपस्थित हुनुपर्ने

बुधबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बिहीबार बिहान १० बजे अदालत उपस्थित हुने गरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र उनका कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश दिएको हो। अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार भोलि पनि रविविरुद्ध थुनछेक बहस हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्नै नाङ्गो तस्वीरले झन्डै ज्यान लिएन, साइबर ब्यूरोले बचायो

प्रहरीले सबै कुरा सुन्यो। अनि सुरुमा उनलाई स्कुलमा घुलमिल र पुन:स्थापनाको पहल थाल्यो। प्रहरीको एउटा टोली उनको विद्यालयमा पुगेर उनका साथीहरू, विद्यालयका शिक्षक अनि अरु विद्यार्थीहरूसँग परामर्श गर्‍यो। उनलाई फेरि पहिलाकै अवस्थामा विद्यालयमा पुन:स्थापना गरायो। अन्सारीलाई पनि खोजेर पक्राउ गर्ने आश्वासन पनि दिलायाे। तर नेपाल प्रहरीका लागि याे काम कम्ता चुनौतीपूर्ण थियाे। किनकि जावेद  विदेशी नागरिक थिए र विदेशबाटै याे काम गरिरहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा लुकेका तीन नेपालीलाई देशनिकाला, अन्यलाई खोज्दै ट्रम्प प्रशासन

नेपालको अध्यागमन स्रोतका अनुसार लोकबहादुर ‌ओली तल्लो बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए। अन्य दुई जना गैरकानुनी रुपमा बसोबास गर्दै आएका थिए। स्रोतका अनुसार उनीहरूलाई कुन कानुनअनुसार फिर्ता पठाइएको हो भन्ने स्पष्ट खुलाइएको छैन। अमेरिकाबाट यसअघि पनि गैरकानुनी रुपमा बस्दै आएका नेपालीहरू देशनिकाला भइसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरीमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला

दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरीमा स्थानीयहरूले शव तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। खबर प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा