मङ्गलबार, ११ नोभेम्बर २०२५

रविपत्नी पनि सिंहदरबारमा

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइएपछि पत्नी निकिता पौडेल पनि सिंहदरबार पुगेकी छन्।

जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएको घटनामा जाँचबुझ आयोगसमक्ष बयानका लागि रविलाई नख्खु कारागारबाट निकालेर सिंहदरबार ल्याइएको छ। रविलाई त्यहाँ ल्याइएपछि निकिता पनि श्रीमान भेट्न पुगेकी हुन्।

भदौ २३ र २४ गतेको घटनाबारे छानबिनका लागि बनेको उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग बयान लिन लागेको हो।

यसअघि कारागार अवलोकनमा पुगेका आयोगका प्रतिनिधिहरूले लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए।

उक्त प्रकरणमा नख्खुका जेलरसँग पनि बयान लिइसकेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!