बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमण गर्ने चाहना व्यक्त गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै ट्रम्पले आफूले आग्रह गरेअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल खरिद बन्द गरेको भन्दै उनि आफ्नो असल मित्र भएको पनि बताए।
‘प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल खरिद गर्न लगभग बन्द गरिसकेका छन्। उनी मेरा मित्र हुन्। मैले उनीसँग कुराकानी गरिरहेको छु’ ट्रम्पले भने ‘मोदी चाहिरहेका छन् म भारत जानुपर्छ। यसबारेमा हामीले कुराकानी गरिरहेका छौं।’
त्यसक्रममा उनले फेरि पनि भारत र पाकिस्तानबीचको युद्ध आफूले रोकिदिएको दाबी गरेका छन्। यो उनको सयौं पटकको दाबी हो। त्यो युद्ध रोक्नका लागि ट्रम्पले ब्यापारिक सम्बन्ध र अमेरिकी ट्यारिफलाई माध्यम बनाएको पनि दाबी गर्दै आएका छन्।
यद्यपि भारतले यो अस्वीकार गर्दै आएको छ।
रुस-युक्रेन युद्धपछि रुसमाथि कैयौं प्रतिबन्धहरू छन्। अमेरिकी तथा युरोपेली राष्ट्रहरूले रुससँग ब्यापार लगभग प्रतिबन्ध गरेका छन्। केही दिनअघि ट्रम्पले रुसका दुई ठूला तेल कम्पनीहरूमाथि कडा प्रतिबन्ध घोषणा गरेका थिए। युक्रेनसँगको युद्ध रोक्नका लागि रुसलाई दबाव सिर्जना गर्न अनेक उपाय लगाए पनि रुस युद्ध रोक्न तयार छैन। त्यसकै कारण अहिले ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सम्बन्ध चिसिएको छ।
रुससँग तेल ब्यापार गरेर उसलाई युक्रेनसँग लड्न सघाइरहेको भन्दै ट्रम्पले भारतलाई पटक पटक त्यो ब्यापार बन्द गर्न चेतावनी दिँदै आएका थिए।
चार वर्षदेखि युक्रेनसँग युद्ध गर्दै आएको रुस चारैतिर प्रतिबन्धित भएपछि भारतले रुसबाट ठूलो हिस्सामा तेल खरिद गर्दै आएको थियो। हालका दिनमा रुसको कच्चा तेल खरिद गर्नेमध्ये भारत सबैभन्दा ठूलो बजार हो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया