बिएल संवाददाता
भदौ २३ र २४ गतेको घटना छानबिनका लागि बनेको जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण सोधेको छ।
आईजीपी खापुङले आयोगलाई सहयोग नगरेको कारण ‘कारबाही किन नगर्ने’ भनेर २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले बताए।
जाँचबुझ आयोगले भदौ २३ र २४ गते फिल्डमा खटिएका प्रहरीको विवरण माग गर्दा प्रहरी प्रधान कार्यालयले २२ दिनसम्म पनि विवरण उपलब्ध नगराएपछि आयोगले यसअघि नै मानहानीको कारबाही गर्ने चेतावनी दिएको थियो।
अझ कार्यालयले आईजीपीदेखि जवानसम्म खटिएको भन्दै जवाफ फर्काएपछि आयोग रुष्ट बनेको थियो। लगत्तै आईजीपी खापुङकै नाममा २४ घण्टाभित्र जवाफ दिन पत्र पठाउँदा प्रधान कार्यालयले यसको विवरण काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग हुने र त्यहाँबाट विवरण उपलब्ध गराउन समय लाग्ने भनेर जवाफ फर्काएको आयोग स्रोत बताउँछ।
आयोगले भने प्रधान कार्यालयले नै उपलब्ध गराउनुपर्ने विवरण नदिएर आयोगको कामकारबाहीमा बाधा पुर्याएको भन्दै आइईजीपी खापुङलाई नै किन कारबाही नगर्ने भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो।
आयोगले कारबाहीको चेतावनी दिँदै यसअघि नै प्रहरी प्रधान कार्यालयलाई काठमाडौं उपत्यकामा भदौ २३ र २४ गते खटिएका प्रहरी इन्चार्ज तथा कमान्डरहरूलाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन पत्राचार गरेको थियो।
आयोगको चेतावनीपछि मात्र जेनजी आन्दोलनका क्रममा खटिएका इन्चार्ज तथा कमाण्डरहरूलाई उपत्यका नछाड्न आदेश दिएको थियो।
आयोग स्रोतका अनुसार आयोगको कामकारबाहीमा असहयोग गरेको आरोपमा थप अनुसन्धान र बयान लिनुपर्ने भएकाले आईजीपी खापुङ अवकाशमा गएको राति नै उनको पासपोर्ट रोक्का गर्ने तयारी गरिएको छ।
आईजीपी खापुङ कार्तिक २६ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया