मङ्गलबार, ११ नोभेम्बर २०२५

निःशुल्क इन्टरनेट शुभारम्भ गर्न नयाँ बसपार्क पुगे सञ्चारमन्त्री

News Image
• • •

सञ्चारमन्त्री जगदीश खरेलले गोंगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन्।

काठमाडौं उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थलहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्‍याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले आज नयाँबसपार्क पुगेर सेवा शुभारम्भ गरेका हुन्। सो अवसरमा उनले नयाँबसपार्कसहित काठमाडौं उपत्यकाको १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिए।

‘मन्त्रीको हैसियतले पदबहालीका क्रममा गरेको प्रतिबद्धताअनुसार निःशुल्क इन्टरनेट सेवा जडान सुरु गरेका हौं। यसलाई विस्तारै उपत्यकाबाहिर पनि विस्तार गर्दै लैजानेछौं। दार्चुला, बझाङ, जाजरकोट र मनाङको तिलिचो बेसक्याम्पमा इन्टरनेट सेवा पुर्‍याइसकेका छौं’ उनले भने।

सरकारले सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री खरेलले मुलुकका गाउँ–सहर, सुगम–दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउने सन्दर्भमा आवश्यक काम भइरहेको जानकारी दिए।

‘सरकारले सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य लिएको छ। हाम्रो मुलुकका गाउँ–सहर, सुगम–दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउने सन्दर्भमा आवश्यक काम भइरहेको नै छ,’ उनले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!