बुधबार, २० मे २०२६

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना घाइते भएका छन्। भारतको सितामढी निवासी ३५ वर्षीय क्रेन चालक अशोक बैठा विस्फोटमा परी घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

अदालतमा हाजिर भए दिलभूषण

कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयविरलाई जोडेर रिपोर्ट प्रशारण गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालतबाट साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो। उच्चले जिल्लाको आदेश कार्यान्वयन नगर्न अल्पकालिन आदेश दिएपनि ब्यूरोले भने पाठकविरूद्ध जेठ २७ मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति आएको सूचना जारी गरेको हो। अहिले भने प्रहरीले पक्राउ नगरेरै उनीविरुद्ध मुद्दा दायर गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्रम्पले मागे केन्द्रीय बैंक प्रमुखको राजीनामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको संघीय रिजर्व बैंकका प्रमुख जेरोम पावेललाई तत्काल राजीनामा दिन भनेका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथमार्फत उनले ‘टू लेट्’ भन्दै पावेललाई ‘तत्कलै राजीनामा दिनुपर्ने’ बताएका छन्। यो अमेरिकी बैंकिङ नीति बनाउने केन्द्रीय बैंकिङ प्रणाली हो।  यसअघि पहिलो कार्यकालका बेला ट्रम्प आफैले उनलाई नियुक्त गरेका थिए। ट्रम्पले पटक पटक ब्याजदर कतौती गर्न आग्रह गर्दा पनि पावेलले त्यसलाई वेवास्ता गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युक्रेनसँग लड्न ३० हजार सैनिक रुस पठाउँदै उत्तर कोरिया

उत्तर कोरियाली सैनिकहरू हजारौं किलोमिटर पार गरेर साइबेरिया हुँदै रुसको युद्ध क्षेत्रतर्फ प्रस्थान गरिसकेका छन्। त्यसका लागि युद्धपोत बिमानहरू, तथा सामुद्रिक हतियारहरू र बन्दोबस्तीका सामग्रीहरू रुसले तयारी अवस्थामा राखेको छ। वायु सेनाका लागि कैयौं विमानस्थलहरू र जलसेनाका लागि बन्दरगाहहरू पनि तयारी अवस्थामा छन्।  रुस र उत्तर कोरियाबीच राजनीतिक र कुटनीतिक सम्बन्ध झाँगिदै जाँदा अब सैन्य साझेदारी पनि बलियो हुँदै गएको देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुलिङ परियडमा जालझेल : छानबिन समिति बनाउन सभामुखको सक्रियता

बुधबारमात्रै बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले पनि उक्त विषयमा छानबिन समिति बनाउनका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेको थियो। सभामुख देवराज घिमिरेले छानबिन समिति कस्तो बनाउने र त्यसको कार्यादेश कस्तो हुने भन्नेबारेमा बुधबार नै पार्टीका प्रमुख सचेतकहरूसँग परामर्श थालेका छन्।  समितिको निर्णय लगत्तै सभामुखले छानबिन समितिबारे परामर्श सुरु गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तरुण दलको महाधिवेशन मंसिरमा हुने, कार्यकर्ता आमरण अनसनमा

भित्र बैठकमा महाधिवेशनको मिति तय हुँदै गर्दा पार्टी कार्यालय सानेपामा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशन जारी राखेका छन्। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नु एक दिन अघिदेखि कार्यालयको मूल गेटमा रोजन राई र अम्बिका बाँस्कोटाले आमरण अनशन सुरु गरेका हुन्। अनशनमा रहेका उनीहरुले माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका छन ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गठबन्धनलाई ०८४ सम्म लैजानुपर्छ– गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले वर्तमानमा सत्ता गठबन्धनलाई २०८४ सम्म लिएर जानुपर्ने बताएका छन्। बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस र एमालेको गठबन्धन विकल्प नभएको बताएका हुन्। उनले भने, ‘मैले हिजो पनि पार्टीको केन्द्रीय समिति बैठकमा ८४ सम्म यो गठबन्धनलाई निरन्तरता दिनुपर्छ। सरकार बनेको १ वर्ष हुन थालिसकेको छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ। एक वर्ष पछि हाम्रो पार्टी सभापति आदरणीय नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ। ८४  को निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्णाली विकास बैंक घाेटाला प्रकरण: एमाले नेता मिश्र पक्राउ

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। कर्णाली विकास बैंकमा रकम अपचलन प्रकरणमा उनी पक्राउ परेका हुन्। विसं २०६६ सालदेखि ०७५ सालसम्म उनी बैंकका अध्यक्ष थिए। नेपालगञ्जबाट उनलाई बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का प्रवक्ता तथा एसपी युवराज खड्काले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देश आन्दोलन गर्नैपर्छ– राजेन्द्र लिङ्देन

आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा आन्दोलनलाई प्रभावकारी बनाउन नसकेको भन्दै उनले भने, ‘हामीले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा हामीले आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन सकेनौँ। तर फेरि पनि भन्छु हामीले यो देशमा यथास्थितीको अन्त्य गरेर एउटा नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लानको लागि आन्दोलन गर्नैपर्छ र आन्दोलन उठाउनै पर्छ। आन्दोलन अनिवार्य छ र हामीले गर्ने संगठनको सबै क्रियाकलापहरु आन्दोलनको तयारीको रुपमा नै हामीले बुझ्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिना जेल सजाय

बंलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दलाई लामाका ‘उत्तराधिकारी’ घोषणा, चीनले के भन्यो?

‘भविष्यमा मेरो (दलाई लामा)को पुनरावतार (उत्तराधिकारी) छान्ने अधिकार गादेन फोड्राङ ट्रस्टलाई मात्रै छ’ उनले भनेका छन् ‘मेरो मृत्युपछि पनि यो परम्परा जारी रहनेछ।’ त्यो ट्रस्ट भनेको उनी आफैले स्थापना गरेको बौद्ध धर्म प्रवर्द्धन संस्था हो। यो ६०० वर्षभन्दा पुरानो परम्परालाई कसैले पनि तोड्न नसक्ने पनि उनले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामहरि खतिवडाकाे आरोप– मेराे इमान्दारितामाथि प्रहार भयाे

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफ्नो इमान्दारितामाथि प्रहार भएको आरोप लगाएका छन्। बुधबार बसेको समितिको बैठकमा बोल्दै उनले आफू कुनै पनि बदमासीमा संलग्न नभएको दाबी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

२४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान

विद्युत् विकास विभागले २४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विद्या भण्डारीले त्यागिन् सरकारी सेवासुविधा

केही दिनअघि अब आफू एमालेमा फर्किएर सक्रिय राजनीतिमा लाग्ने भन्दै उनले सदस्यता नविकरणसमेत गरिसकेको जनाएकी थिइन्। सक्रिय राजनीतिमा फर्केको घोषणा गरेपछि उनले राष्ट्र प्रमुखको हैसियतले लिँदै आएको सेवा सुविधा त्याग गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेकपा एसले साेध्याे रामकुमारी झाँक्रीलाई स्पष्टीकरण

नेकपा एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोधेको छ। पार्टीकी स्थायी समिति सदस्य समेत रहेकी झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै दिएकाे अभिव्यक्तिबारे स्पष्टीकरण सोधेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामहरि खतिवडाले राजीनामा दिनुपर्छ– एमाले

एमाले सांसद पदम गिरीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा मागेका छन्।  प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बाेल्दै उनले सभापति रामहरि खतिवडाकाे राजीनामा मागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निजामती सेवा विधेयकमाथि ठुलाे षड्यन्त्र गर्नेमाथि कारबाही हुनुपर्छ– हितराज पाण्डे

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रमा संलग्न सबैमाथि कारबाही हुनुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बाेल्दै उनले समितिका सभापति, सचिवदेखि सबैमाथि छानबिन हुनुपर्ने माग गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बेलायतमा जिटेनद्वारा जिटुजी वार्तामा भएको जानकारी भेला

बेलायती सेनाको गोर्खा ब्रिगेडका पूर्वसैनिकहरू, जि-१० प्रतिनिधिमण्डलको नेतृत्वमा, आज ट्राफलगर स्क्वायर, गोर्खा मूर्ति र पार्लियामेन्ट स्क्वायरमा शान्तिपूर्ण र प्रभावशाली प्रदर्शनमा सहभागी भए।

बिएल संवाददाता

बिएल संवाददाता - लन्डन, बेलायत

कुलिङ परियडमा जालझेल : ‘आकष्मिक’ बैठकमा रामहरि खतिवडाको राजीनामा माग

यो प्रकरण बाहिर आएपछि मंगलबार नै समितिको बैठक आह्वान भएको थियो। तर केही सांसदहरूले बैठक बहिष्कार गर्ने भनेपछि बैठक स्थगित भएको थियो। आजचाहिँ समितिको ‘आकष्मिक’ बैठक बसिरहेको छ।  बैठकमा बोल्दै सत्ता र विपक्षी दलका सांसदहरूले समेत सभापति र समितिका सचिव सुरज दुराको राजीनामा माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारको आलेचना गर्नेहरूले चाहिँ के गर्‍याे– प्रकाशमान सिंह

कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको आलोचना गर्ने पार्टीका नेताहरुले आफू सरकारमा बस्दाखेरी के गरियो भन्ने कुरा बिर्सिन नहुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं