दमकल नछिर्ने गल्लीमा ‘ड्राइ राइजर’ विस्तार गर्दै काठमाडाैं महानगर
दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो। यसको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ। दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ। यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गर्न सकिन्छ।
बिएल संवाददाता - काठमाडौं