बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच आगामी साता भेटवार्ता हुने भएको छ।
ह्वाइटहाउसका अनुसार आगामी अक्टुबर ३०मा ट्रम्प र सी दक्षिण कोरियामा भेट्नेछन्।
दक्षिण कोरियामा आयोजना हुन थालेको एशिया प्यासिफिक इकोनोमिक को-अपरेसन (एपेक)को बैठकमा ट्रम्पलाई पनि निम्तो गरिएको छ। त्यही सम्मेलनमा सहभागी हुन आएका चिनियाँ राष्ट्रपति सी चीनफिनसँग उनले त्यहिँ भेट्नेछन्।
ट्रम्प दोस्रोपटक राष्ट्रपति भएपछि दुई नेताहरूबीच यो पहिलो भेट हो।
ट्रम्पले लगातार भन्सार कर वृद्धि गरिरहँदा दुबै देशबीच केही तनाव पनि उत्पन्न पनि भएको थियो। आगामी नोभेम्बरबाट अमेरिकाले चिनियाँ उत्पादनमाथि १०० प्रतिशत कर लगाउने घोषणा गरिसकेको छ।
हालैमात्र चीनले दुर्लभ खनिज पदार्थ रेअर अर्थको उत्खनन्, प्रशोधन र निर्यातमा कडा नीति लिएपछि चिनियाँ बजारमै निर्भर अमेरिकाले अष्ट्रेलियासँग नयाँ सम्झौता गरेको थियो।
खासगरी यसअघि ट्रम्पले यसैसाता रुसका राष्ट्रपति भ्लादिमर पुटिनसँग हंगेरीमा भेट्ने तय भएको थियो। युक्रेनसँगको युद्धअन्त्यका लागि ट्रम्पले पहिलादेखि नै पहल गर्दै आएका छन्। तर शान्तिका लागि पुटिनमा कुनै इच्छाशक्ति नभएको भन्दै ट्रम्प रिसाएका छन्।
पुटिनसँगको वार्ता स्थगित भएलगत्तै चिनियाँ राष्ट्रपतिसँग भेट तय भएको हो। रुसलाई चीनको पनि समर्थन रहँदै आएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया