बिएल संवाददाता
नेपाली मूलका उद्यमीले स्थापित गरेको प्रविधि कम्पनी अमेरिकी स्टक मार्केटमा सूचीकृत भएको छ। कृत्रिम वौद्धिकता (एआई) क्षेत्रमा काम गर्दै आएको कम्पनी ‘फ्यूज मेसिन’ अमेरिकी स्टक एक्सचेन्च नास्डाकमा सूचीकृत भएको हो।
यसका संस्थापक तथा कार्यकारी अधिकृत नेपाली मूलका डा. समीर मास्के हुन्। नेपाललगायत विभिन्न देशमा समेत कार्यालय रहेको यो कम्पनीलाई नास्डाकले स्टक मार्केटमा ‘फ्यूज’ सिम्बोल दिएको छ। साधारण कारोबार बिहीबारदेखि नै सुरु भइसकेको छ।
‘एआईलाई सबैका लागि लोकतान्त्रिक’ बनाउने मिसनको नयाँ अध्याय सुरुवात भएको भन्दै कम्पनीले यसलाई नेपाली नवप्रवर्तनको यात्रामा ‘कोशेढुङ्गा’ सावित भएको जनाएको छ।
सन् २०१३ मा स्थापित भएको फ्यूज मेसिनले स्वास्थ्य, अर्थ, उत्पादन तथा सरकारी सेवा क्षेत्रलाई प्रविधिसँग जोड्नका लागि सेवा दिँदै आएको छ।
यस संस्थाका संस्थापक कोलम्बिया विश्वविद्यालयका एसोसियट प्रोफेसरसमेत हुन्। डा. मास्के काठमाडौं जन्मिएका गैरआवासीय अमेरिकी हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया