बिएल संवाददाता
नेपाली मूलका उद्यमीले स्थापित गरेको प्रविधि कम्पनी अमेरिकी स्टक मार्केटमा सूचीकृत भएको छ। कृत्रिम वौद्धिकता (एआई) क्षेत्रमा काम गर्दै आएको कम्पनी ‘फ्यूज मेसिन’ अमेरिकी स्टक एक्सचेन्च नास्डाकमा सूचीकृत भएको हो।
यसका संस्थापक तथा कार्यकारी अधिकृत नेपाली मूलका डा. समीर मास्के हुन्। नेपाललगायत विभिन्न देशमा समेत कार्यालय रहेको यो कम्पनीलाई नास्डाकले स्टक मार्केटमा ‘फ्यूज’ सिम्बोल दिएको छ। साधारण कारोबार बिहीबारदेखि नै सुरु भइसकेको छ।
‘एआईलाई सबैका लागि लोकतान्त्रिक’ बनाउने मिसनको नयाँ अध्याय सुरुवात भएको भन्दै कम्पनीले यसलाई नेपाली नवप्रवर्तनको यात्रामा ‘कोशेढुङ्गा’ सावित भएको जनाएको छ।
सन् २०१३ मा स्थापित भएको फ्यूज मेसिनले स्वास्थ्य, अर्थ, उत्पादन तथा सरकारी सेवा क्षेत्रलाई प्रविधिसँग जोड्नका लागि सेवा दिँदै आएको छ।
यस संस्थाका संस्थापक कोलम्बिया विश्वविद्यालयका एसोसियट प्रोफेसरसमेत हुन्। डा. मास्के काठमाडौं जन्मिएका गैरआवासीय अमेरिकी हुन्।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया