बिएल संवाददाता
छठ पर्व नजिकिँदै गर्दा सिर्सिया नदी प्रदूषणको विषयले फेरि तराईको जनजीवन तातिएको छ।
वीरगन्ज महानगरपालिका–३२, चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रा.लि. का एक अधिकारीमाथि शुक्रबार स्थानीयवासीले कालो मोसो छर्किदिएका छन्।
स्थानीयहरूको एक समूहले कम्पनी परिसरमै प्रवेश गरी प्रशासन शाखाका अधिकारी काशीनाथ तिवारीमाथि दुर्व्यवहार गर्दै कालो मोसो दलिएको प्रहरीले पुष्टि गरेको छ। तिवारीले घटनापछि आफ्नो आँखामा जलन र असहजता भएको बताएका छन्।
स्थानीयवासीका अनुसार, कम्पनीबाट उत्पादन हुने ‘म्याक्सोल ल्युब्रिकेन्ट’को रासायनिक फोहोर बिना प्रशोधन सिंधै नजिकैको नदीमा फ्यालिँदै आएको छ। यसका कारण सिर्सिया नदी दिनहुँ बढी प्रदूषित हुँदै गएको र स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको आरोप उनीहरूको छ।
विशेषगरी छठ पर्वको तयारी चलिरहेका बेला नदीको पानी फोहोर हुँदा व्रतालुहरूलाई स्नान र पूजा गर्न कठिनाइ भएको भन्दै आक्रोश चरममा पुगेको बताइन्छ।
स्थानीयहरूले विगत एक सातादेखि उद्योगबाट निस्कने फोहर रोक्न वा उद्योग नै बन्द गर्न माग गर्दै आएका थिए । तर माग बेवास्ता भएपछि शुक्रबार करिब ३०–४० जनाको समूह कम्पनीभित्र प्रवेश गरी तोडफोड प्रयास गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
घटनापछि प्रहरीको टोली घटनास्थल पुगेको र स्थिति नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया