आज 'एमएलके' लाई 'मिस' गरिरहेको छ अमेरिका
आज जनवरी महिनाको तेस्रो सोमबार। सन् १९८० यता हरेक वर्षझैं यस वर्ष पनि अमेरिका आफ्नो एक विशेष नागरिक मार्टिन लुथर किङ जुनियर (एमएलके) डे मनाइरहेको छ। 'आई ह्याभ अ ड्रिम’ फेमका नागरिक अभियन्ता एमएलकेकै अथक प्रयासका कारण अमेरिकी अश्वेतहरूले नागरिक अधिकार पाएका हुन्।
बिएल संवाददाता - वासिङ्टन डीसी