आइतबार, १७ नोभेम्बर २०२४

रामबहादुर बम्जनकाे घरबाट ३ करोडभन्दा बढी रकम बरामद

अनुयायी बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनकाे घरबाट ३ करोड ३४ लाख रुपैयाँ बरामद भएकाे छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुढानीलकण्ठकाे हात्तिगौंडास्थित बम्जन बसेको घरबाट उक्त रकम बरामद गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई सजाय ताेकिँदै

ढकालकाे इजलासले सन्दीपले बलात्कार गरेकाे ठहर गरेता पनि त्यसदिन सजाय भने ताेकेकाे थिएन। इजलासले सजाय ताेक्न पुस २५ गते अर्थात् आजका लागि पेशी राख्न आदेश दिएकाे थियाे। साेहीअनुसार आज काठमाडाैँ जिल्ला अदालतले आज सन्दीपलाई सजाय ताेक्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बलात्कार गरेको आरोपमा तपस्वी राम बहादुर बम्जन पक्राउ

बलात्कार आरोपमा तपस्वी राम बहादुर बम्जन पक्राउ परेका छन्। मंगलबार  केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले काठमाडौँबाट उनलाई पक्राउ गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा 

नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको सरुवा भएको छ। आज (मंगलबार)को गृह मन्त्रालयको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका १६ जना नायव महानिरीक्षकहरुकाे सरुवा गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उद्योगीहरुमा काटिएको विद्युत लाइन जाेड्न प्राधिकरणलाई सरकारकाे निर्देशन

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बक्यौता महसुल नतिरेपछि प्राधिकरणले काटेकाे उद्योगीहरुको लाइन हाललाई जाेड्न निर्देशन दिएकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि सरकारले बनायाे आयोग

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा ३ सदस्यीय छानबिन आयोग बनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित

मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन्। सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जहाज कुर्दाकुर्दै बाजुरामा १३ दिने सुत्केरीको विमानस्थलमै मृत्यु

दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निःशुल्क हवाई उद्दार कार्यक्रम लागू भएको भए पनि समयमै उद्दार नहुँदा उनको विमानस्थलमै मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

प्रधानमन्त्रीको निर्देशन- श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्नू

‘हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकबाट नलिई यथावत् रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला’, उनले भने, ‘आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्कलगायत थप आर्थिक बोझ पर्ने कुनै प्रकारको काम नगर्ने व्यवस्था गर्नुहोला।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्स, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रियालगायतका विषयमा विवादहरू बढ्दै गएपछि खनालले राजीनामा दिएको हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीकाे सभामुखमा राप्रपाका विष्टले उम्मेदवारी दिने, निर्वाचन दिउँसो ३ बजे

राप्रपा कोशी प्रदेश संसदीय दलको मंगलबार बिहान बसेको बैठकले अम्बरबहादुर विष्टलाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक र कर्मचारी पक्राउ

गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन् २०२३मा १६,०३,८३६ नेपालीले गरे नेपाललाई बाईबाई !

नेपालको अध्यागमन विभागले नेपाल छोड्ने नेपालीको एक कहालीलाग्दो तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकअनुुसार सन् २०२३ मा एकै वर्ष १६ लाख तीन हजार आठसय ३६ नेपालीले नेपाल छोडेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

निर्वाचन आयोगकाअनुसार १९ पदका लागि ८ पार्टीका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। उनीहरूविरूद्धको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने आयोगले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘कुलपति’बाट प्रधानमन्त्री पनि हटाउनुपर्छ विश्वविद्यालय सुधार्न

देशकै ठूलो विश्वविद्यालय त्रिविमा पढाइ भन्दा बढी राजनीति हुनेमा आरोप लाग्छ। जसले गर्दा समयमा पढाइ सकिँदैन। समयमा परीक्षा हुँदैन। परीक्षाफल प्रकाशित हुँदैन। अहिले समयसापेक्ष पाठ्यक्रम परिमार्जन हुन नसकेको र त्यसैले गर्दा युवा विदेश पलायन धेरै भइरहेको बहस भइरहेकोछ।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: १९ सिटका लागि ५२ जना उम्मेदवारको मनोनयन दर्ता

कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यक समुदायतर्फ  आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउसीमा थोरै दान दिएको भन्दै घरधनीको हत्या, ३० वर्षपछि अभियुक्तहरु पक्राउ

भारतमा पसेका कतिपयहरु भने ‘अब त घटना सबैले बिर्सिएका होलान्’ भन्ने सोचेर स्वदेश फर्किएर पेसा व्यवसायमा लागेका थिए। डिएसपी पाठककाअनुसार ललितपुरबाट पक्राउ परेकामध्ये एक व्यक्तिले त बंगुर फर्म र मासु पसल सञ्चालन गर्दै आइरहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: रोकायाले टिकट नपाएपछि हुम्लाका माओवादी भोट नहाल्ने

माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकले तय गरेको ६ जनाको नाममा हुम्लाबाट सिफारिस नेताको नाम नपरेपछि माओवादी जनप्रतिनिधिले मतदान प्रक्रियामा भाग नलिने लिखित निर्णय गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

राष्ट्रियसभा निर्वाचन: कृष्णप्रसाद सिटौलाले गरे मनोनयन दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गरेका छन्। उनले सोमबार बिहान विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनकाे तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं