आइतबार, १७ नोभेम्बर २०२४

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गएराति सम्पन्न बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार मनोनयनको निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभा सदस्य निर्वाचन: उम्मेदवारी मनोनयन आज

राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ। सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिम प्रदेशबाट तीन सदस्यको चयन हुँदै

राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ। सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूह (खुला) गरी तीन पदका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

१६ वर्षदेखि मलेसियामा सम्पर्कविहीन छन् झापाका विनोद विश्वकर्मा

वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा– ११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन्। उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

राष्ट्रियसभा निर्वाचन: एमालेले टुङ्ग्यायाे उम्मेदवार, कुन क्लस्टरमा काे?

नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ। आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको रिक्त सदस्यका लागि हुने निर्वाचनमा एमालेले १९ उम्मेदवार टुङ्ग्याएकाे महासचिव शंकर पोखरेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन, यस्ताे छ मतभार

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन भएकाे छ। निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आइतबार सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन भएकाे हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचनका लागि माओवादीले टुंग्यायाे उम्मेदवार, कुन प्रदेशबाट काे?

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले गठबन्धनबाट भाग पाएकाे ६ वटै सिटमा उम्मेदवार टुंगो लगाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाँजा मिसाए केक तयार गरी अनलाइनमार्फत कारोवार, घट्टेकुलोबाट एक जना पक्राउ

इन्स्ट्राग्राममार्फत समेत एक अकाउन्ट बनाएर लागुऔषध प्रयोग गरी मुफिनलगायतको केक बनाउँदै बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरिएकाे ब्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने

विदेशमन्त्रीको भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ। आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यातका लागि उक्त सहमतिले मार्ग प्रशस्त गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: सत्ता गठबन्धनमा भागबण्डा टुंगियाे, कुन दललाई कति सिट?

राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबण्डा टुंगिएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले १९ सिटमा भागबण्डा टुंगो लगाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बरहथवा घटना: साहको शव दिनदेखि घटनास्थलमै

बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको माग गर्दै शुक्रबार भएको विरोध प्रदर्शनका क्रममा प्रहरीकाे गाेली लागेर साहको ज्यान गएकाे थियाे। आफ्नाे माग पूरा नभएकाे भन्दै आन्दोलनकारीले साहको शवघटनास्थलबाट उठाउन नदिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचनः भागबन्डा टुंग्याउन गठबन्धनको बैठक बालुवाटारमा जारी

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कुन दलले कति सिट पाउने भन्ने विषय टुंग्याउन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुल नजिकै मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एक जनाको र बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा शनिबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

बागलुङको पाँच पालिका भाडाकै घरबाट सञ्चाल

निसीखोला, बडिगाड, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाको आफ्नै भवन  छ।  ती  मध्ये केही पालिकाले अघिल्लो कार्यकालमै भवन बनाएर सेवा दिन सुरु गरेका थिए भने बडिगाड गत वर्ष आफ्नो भवनमा सरेको थियो। जैमिन, ढोरपाटन र गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणाधीन अवस्थामा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार चयन लगायत विषयहरूमा छलफल हुने जनाइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बरहथवा घटना: गृह मन्त्रालयले बनायो ३ सदस्यीय छानबिन समिति, मृतकको परिवारलाई १० लाख दिने

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। समितिमा सहसचिव गौतमसहित नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्याग्दीको मालिकामा एक जनाको हत्या, दुई घाइते

छपनी प्रहार हुँदा मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

राष्ट्रियसभा निर्वाचन: एमालेलाई नसमेट्ने, गठबन्धन दलभित्रै सिट बाँडफाँट गर्ने

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन सम्बद्द ४ दलको बैठकले आसन्न राष्ट्रियसभा निर्वाचनमा एमालेलाई नसमेट्ने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माइतीघर पुगेका गोविन्द केसीसहित ७ जना पक्राउ (भिडियाे)

द्वन्द्वपीडितलाई न्याय दिन, माइतीघरको निषेधाज्ञा हटाउन,  शिक्षामा समान पहुँच हुनुपर्नेलगायतकाे माग गर्दै प्रदर्शन गरेका उनीहरूलाई निषेधित क्षेत्र तोडेकाे भन्दै पक्राउ गरिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काण्डै-काण्डको देश: तीन नेताको सिण्डिकेट

नेपाल पछिल्लो समय काण्डै काण्डको देश भएको छ। ती काण्डको नालिबेली केलाउँदै जाँदा हरेकमा कुनै न कुनै रूपमा तीन ठूला दल कांग्रेस, एमाले र माओवादीका नेता, कार्यकर्ता वा उनीहरूको आफन्तको संलग्नता रहेकै हुन्छ। जब काण्डको पटाक्षेप हुन्छ तब तीन दलका अध्यक्ष वा सभापति चोचोमा मोचो मिलाउँदै अपराधीको ढाल बन्न आइपुग्छन्। देश अहिले यिनै तीन नेताको सिण्डिकेटले बर्बाद भैरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका