आइतबार, १७ नोभेम्बर २०२४

संविधान संशोधन गरौँ, गठबन्धन गर्ने कि नगर्ने महासमितिले टुङ्गो लगाउँछ: देउवा

‘अहिलेको हाम्रो निर्वाचन प्रणाली नै त्यस्तै प्रकारको छ। यही प्रणालीका कारण कुनै पनि दलले बहुमत ल्याउने स्थिति रहँदैन’, उनले भने, ‘त्यसैले हामी पनि गठबन्धन गरेर गएका हौँ। तर यसको औचित्यबारे यो महासमिति बैठकमा छलफल हुनेछ। र साथीहरूले टुङ्गो लगाउनुहुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको महासमिति बैठक सुरु (तस्बिरहरू)

राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता! स्वतन्त्रता, न्याय र समानता!! नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता भन्ने मूल नाराका साथ सुरु भएको महासमिति बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता भएका हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गठबन्धन नगर्ने प्रस्ताव नहटाउने गगनकाे अडान, छलफल निष्कर्षविहीन

सभापति देउवाले महामन्त्री थापालाई सांगठानिक प्रतिवेदनबाट चुनावअघि गठबन्धन नगर्ने भन्ने शब्द हटाउन भनेका थिए तर महामन्त्री थापाले नहटाउने अडान यथावत राखेका छन्। जसकारण गत शनिबारदेखिको वार्ता निष्कर्षविहीन बनिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस-एमालेका प्रदीपहरुको ‘कर्णाली दृष्टि’

कर्णालीमा सम्भावना बढी छन्। कर्णालीले देशलाई धेरै थोक दिन सक्छ। यहाँको सम्भावना खोतल्न हामी गएनौँ। राज्यले प्राथमिकता निर्धारण गरेर योजना बनाउनुपर्छ। कर्णाली नेपालभित्रै धेरै पछाडि छ। कर्णालीको प्रतिव्यक्ति आय अन्य क्षेत्रको भन्दा आधा कम छ। सरकारले स्रोतसाधन सम्भावनालाई पहिल्याउन चुक्नु हुँदैन। नत्र कर्णाली अझै पनि पछाडि नै रहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

‘श्री ३ सरकारका हुकुमले यस्तो हुँदैछ’

नेपालको इतिहास अनौठो छ, जनताको जित भएपछि पनि पुनः मोहनशम्शेर नै प्रधानमन्त्री बने। त्यस मन्त्रीमण्डलमा राणा पक्षबाट पाँच र जनतातर्फबाट पाँच गरी दश सदस्यीय मन्त्रीमण्डल बन्यो। एक वर्ष पुग्दा–नपुग्दै मोहनशम्शेर पदबाट हटेर जनताका छोराछोरी नै प्रधानमन्त्री हुने पद्धति बस्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नुछ: प्रधानमन्त्री प्रचण्ड

‘परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनुछ’, प्रधानमन्त्रीले भने, ‘रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नुछ। युवाहरूमा आशाको रक्तसञ्चार भर्नु छ। नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नुछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राजनीतिमा त्यागको भावना नहुँदा भ्रष्टाचार मौलायो’

भ्रष्टाचार मुक्त नभएसम्म देश समृद्ध नहुने उल्लेख गर्दैै उनले देश र जनताका लागि राजनीतिक नेतृत्वले त्याग गर्न सक्नुपर्ने सुझाव दिए। ‘आफैँ खाऔँ आफैँ मोटाऊ भन्नेतिर लाग्नुहुँदैन। एकजुट भएर सबै देश बनाउन लाग्नुस्’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी सिनेटर चार्ल्स शुमरद्वारा 'युएसएमएलई-नेपाल प्रकरण'मा कदम चाल्ने आश्वासन

अमेरिकी सिनेटर चार्ल्स शुमरले नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले युएसएमएलई स्कोर रद्द गरेर मारमा परेका नेपाली चिकित्सकहरूका बारेमा बुझेर उचित कदम चाल्ने बताएका छन्। नेपाल र नेपालीका शुभेच्छुकका रूपमा परिचित न्युयोर्कका सिनेटर शुमर सिनेटमा बहुमतप्राप्त दलका नेता हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता -

काँग्रेस महासमिति बैठक: एकातिर हिन्दु राष्ट्रको माग, अर्कोतिर गुटहरूको रोइलो 

अन्तत: ‘प्रजातन्त्र दिवस’का दिन काँग्रेसले महासमिति बैठक सुरु गर्दैछ। यो त्यही दिन हो जहाँ नेपाली काँग्रेसको राजनीतिक इतिहास गाँसिन्छ। बैठकअघि काँग्रेसभित्रका गुट, उपगुट र समूहहरू फेरि एकपटक ब्यूँझिएका छन्। १४औं महाधिवेशनमा घोषणा गरेरै अलग गुटको नेतृत्व गरेका नेता शेखर कोइराला समूह होस् वा पार्टीभित्र फेरि ब्यूँतिएको ‘हिन्दू राष्ट्र महाअभियान’का समूहहरू। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुद्रण कोषका कार्यकारी निर्देशक बर्खास्त, दूरसञ्चार र आयल निगमको प्रमुखमा नयाँ नियुक्ति

सरकारले सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाएको छ। उनीमाथि अमेरिकाको आवासीय अनुमति लिएकोलगायत अरु थुप्रै आरोपहरू पनि थिए। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले योसँगै नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा ‍भुपेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ। गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ। गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘एजेन्ट’बाट ठगिन्छन् विदेश जान खोज्नेहरू, शिक्षितहरू नै धेरै

विदेश जानका लागि एजेन्टसम्म पुग्ने युवाहरुको मुख्य रोजाइ युरोप परेको देखिन्छ। विभागमा परेका मुद्दाको तथ्यांक हेर्दा ५ लाखदेखि १० लाख रुपैयाँसम्म उनीहरुले खर्च गर्ने गरेको पाइएको छ। पढेलेखेका युवाहरु नै वैदेशिक रोजगारी भन्दै एजेन्टको फन्दामा पर्ने गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेशका मुख्यमन्त्री यादवले तेस्रो पटक पाए विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक पटक सदनबाट विश्वासको मत लिएका छन्।आजको प्रदेशसभा बैठकमा उनले ६९ जनाबाट विश्वासको मत पाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पूर्वसचिव भिम उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा नेपाल सरकारका तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। पूर्वसचिवहरू सञ्जय शर्मा, भिम उपाध्याय र गजेन्द्र ठाकुरसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘भूकम्पपछि पानी बग्ने भेरी नदीमा धुँवा बगिरहको थियो’

घर बनाउनलाई अनुगमन गर्ने व्यवस्था नहुनु नै समस्या हो। अहिले हामी जाजरकोटमा गएकोभन्दा एक हजार गुणा शक्तिशाली भूकम्पको छलफल गरिरहेका छौँ। तर एक हजार गुणा कम शक्तिशाली भूकम्पमा हामीले यति धेरै क्षति बेहोर्‍यौँ भने शक्तिशाली भूकम्पपछिको स्थिति के होला?

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

सांसदलाई प्रधानमन्त्रीकाे जवाफ- कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबिन नै सुरु हुने थिएन

‘माननीयज्यूले भनेकाे जस्ताे कुर्सी हल्लिने डर मलाई छैन। सरकार जाला कि भन्ने डर मलाई विल्कुलै छैन। त्यस्ताे हुन्थ्याे भने छानबिन नै सुरु हुने थिएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सम्मानित सदनमा म दोहाेर्‍याउँछु, सुशासन मेरो नारा होइन, मेरो सङ्कल्प हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सदनमा प्रधानमन्त्रीकाे जवाफ- सरकारको स्रोत बढाउन विशेष पहल भइरहेको छ

प्रधानमन्त्री प्रचण्डले अहिले अर्थतन्त्रका कतिपय परिसूचकहरू सकारात्मक रहेपनि केही क्षेत्रमा अझै समस्या रहेको भए पनि पछिल्लो समय सुधारको दिशामा आगाडि बढेको  बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारी घटनाबारे प्रधानमन्त्रीले भने- प्रतिवेदनको अध्ययनपछि दोषीमाथि कारबाही हुन्छ

आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी एमालेसहितका दलका सांसदले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री प्रचण्डले आफूले आइतबार छानबिन समितिको प्रतिवेदन बुझ्ने र अध्ययनपछि दोषीमाथि कारबाही गरिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (लाइभ)

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम सुरु भएको छ। आइतबार जारी बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री प्रचण्डले दिँदै छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं