शनिबार, १६ नोभेम्बर २०२४

राजा-महाराजाविरुद्ध गरिएका सबै आन्दाेलन गलत साबित भए: त्रिलाेकबहादुर चन्द (भिडियाे-अन्तर्वार्ता)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

अधिवक्ता त्रिलाेकबहादुर चन्दले विभिन्न नाममा राजा-महाराजाविरुद्ध गरिएका सबै आन्दाेलन लगत साबित भएकाे दाबी गरेका छन्।

अधिवक्ता चन्दले बिएलकर्मी सुशील नेपालीसँगकाे अन्तर्वार्ताका क्रममा अहिले राज्य सत्तामा रहेका नेताहरु भ्रष्टाचारी, बिलासी, स्वार्थी र लाेभी भएकाे भन्दै उनीहरुकै कारण आजसम्म भएका राजा-महाराजविरुद्धका सबै आन्दाेलन लगत साबित भएकाे दाबी गरेका हुन्। उनले अहिलेकाे व्यवस्था फेल भएकाे प्रमाणित गिजाेलिएकाे टिआरसी विधेयकबाट हुने बताए।

उनले राजसंस्थापछिकाे व्यवस्थामा सत्ता सञ्चालन गरेका नेताहरुले विगतमा राजाले गरेजति पनि जनताकाे हितमा काम गर्न नसकेकाे उल्लेख गरे।

याे सँगै अधिवक्ता चन्दले अहिलेकाे राज्य व्यवस्था, नेताहरुमा विकसित बिलासी प्रवृत्ति, गिजाेलिएकाे टिआरसी विधेयकलगायत विषयमा बिएल नेपाली सेवासँग खुलेर कुराकानी गरेकाे छन्। प्रस्तुत छ, अधिवक्ता चन्दसँग गरिएकाे भिडियाे कुराकानी :

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?