शनिबार, १६ नोभेम्बर २०२४

तस्बिरमा साताका २१ घटना

News Image
• • •

संसार नै खेलमय बनाएकाे पेसिस ओलम्पिक याे साता सकियाे। ओलम्पिक सकिएपछि त्यसकाे समापन कार्यक्रमका दृश्यहरू चर्चमा छन्। त्यसका साथै थाइल्याण्डकाे सत्ता परिवर्तन पनि याे साता चर्चामा रहेकाे छ। यी सँगै यस साता घटेका घटनाहरूलाई विश्वभरि छरिएर रहेका राेयटर्सका फाेटाे पत्रकारहरूले खिचेका छन्। तीमध्ये उत्कृष्ट २१ तस्विर यहाँ प्रस्तुत छ:


भूमध्यसागरमा रहेको लम्पेडुसाको दक्षिणमा रहेको अन्तर्राष्ट्रिय जलक्षेत्रमा एनजिओ ओपन आर्म्सको उद्धार डुङ्गा ‘एस्ट्रल’ नजिकै फलामको डुङ्गामा उभिरहेका गैरकानुनी आप्रवासीहरू।

ग्रीसको पेन्टेलीमा डढेलो लागेको समय २४ वर्षीया मरिना कालोगेराकोउले आफ्नी ४८ वर्षीया काकी इलेनोरा जोआकाउलाई अँगालो हालेर भावुक हुँदै।

फ्रान्समा पेरिस २०२४ ग्रीष्मकालीन ओलम्पिकको समापन समारोहको फाइनलमा आतिशबाजीको दृश्य।

फ्रान्समा पेरिस २०२४ ग्रीष्मकालीन ओलम्पिकको समापन समारोहमा अभिनेता टम क्रुज स्टेड डे फ्रान्सको छतबाट हाम फाल्दै।

उत्तरी गाजा पट्टीमा इजरायल र हमासबीचको द्धन्द्ध जारी रहेको समाजसेवी भान्साबाट पकाएको खाना प्राप्त गर्न पर्खिरहेका प्यालेस्टाइनी बालबालिका।

फ्रान्सको पेरिसमा भएको महिला ५० केजी बक्सिङको फाइनलमा चीनकी यु वुविरुद्ध टर्कीकी बस नाज काकिरोग्लुको मुक्का।

फ्रान्सको पेरिसमा रहेको ओलम्पिक कल्ड्रन र एफिल टावरसँग चित्रित गरिएको अर्धचन्द्र।

जापानका प्रधानमन्त्री फुमियो किशिदा राजधानी टोकियोको बुडोकान हलमा दोस्रो विश्वयुद्धमा जापानले आत्मसमर्पण गरेको ७९औं वर्षगाँठमा आयोजित स्मारक सेवा समारोहमा भाग लिएर फूल चढाएपछि मञ्चबाट बाहिर निस्किँदै।

पोर्टो रिकोको टोआ बाजामा उष्णकटिबंधीय तूफान ‘अर्नेस्टो’पछि बाढी आएको ला प्लाटा नदीले डुबेको पुलको ड्रोन दृश्य।

वाशिंगटन, डीसी, अमेरिकास्थित  लिंकन मेमोरियल भ्रमण गर्दै पर्यटकहरू।

थाइल्याण्डको संवैधानिक अदालतले राजधानी बैंककमा रहेको गभर्नमेन्ट हाउसमा बर्खास्त गरेको मुद्दामा फैसला गरेपछि हालै बर्खास्त गरिएका थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिन मिडियाका सदस्यहरूसँग कुरा गर्दै।

हंगेरीको टपिओबिच्स्केमा पत्नी बोक्ने च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्दै एक सहभागी।

बुल्डकको तातो कुखुरा रामेनको मस्कट ‘होची’, डेनमार्कको केन्द्रीय राजधानी कोपेनहेगनमा भएको एक मिडिया कार्यक्रममा उत्पादनको लोगोले सजाइएको डुङ्गाको छेउमा।

जर्मन राष्ट्रिय फुटबल खेलाडी एन्टोनियो रुइडिगरको नाममा राखिएको छ हप्ताको बच्चा हिप्पो (जल गैँडा)  ‘टोनी’,राजधानी बर्लिनको बर्लिन चिडियाखानामा आमा डेबीसँग।

बेलायतको राजधानी लन्डनको वेम्बली स्टेडियममा योजनाबद्ध आक्रमणको कारण भियनामा गायिका टेलर स्विफ्टले आफ्ना तीन कन्सर्टहरू रद्द गरेपछि एक महिला टेलर स्विफ्ट कन्सर्ट आयोजना हुने स्थान अगाडि ‘स्विफ्टी स्टेप्स’मा।

अमेरिकाको मिशिगन राज्यस्थित अर्माडास्थित ब्लेकको अर्चर्ड एण्ड साइडर मिलमा सनफ्लावर फेस्टिभलको दौडान ५ वर्षीय मिकी नार्ट र २ वर्षीय ज्याक नार्ट कुर्सीमा चढेर खेल्दै।

सयौं हजार डहलिया र बेगोनिया प्रयोग गरेर करिब १०० मालीहरूको टोलीले बनाएको १६८० वर्ग मिटरको ‘आर्ट नोउवे’ फूलको गलैंचा ब्रसेल्सको ग्रान्ड प्लेस, बेल्जियममा।

पाकिस्तानको कराँचीमा पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको समाधिस्थलमा स्वतन्त्रता दिवस समारोहमा पाकिस्तानको राष्ट्रिय गान गाउँदै बालिकाहरु।

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलसमा रहेको इजिप्शियन थिएटर हलिउडमा चलचित्र ‘द युनियन’को प्रिमियरमा कास्ट सदस्यहरू हेली बेरी र मार्क ह्वालबर्ग फोटो पत्रकारहरुलाई पोज दिँदै।

क्यालिफोर्नियाको लस एन्जलसको ह्यामर म्युजियममा टेलिभिजन श्रृंखला ‘ब्याड मंकी’को प्रिमियरको अवसरमा पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै कास्ट सदस्य भिन्स भन।

अस्ट्रियाको भियनामा अत्याधिक गर्मिको समयमा एक व्यक्ति स्काफबर्गब्याड सार्वजनिक पोखरीमा हाम फाल्दै।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?