शनिबार, १६ नोभेम्बर २०२४

काठमाडाैँमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस (तस्बिरहरू)

News Image
• • •

‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव' भन्ने नारासहित आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य रुपमा मनाइँदैछ।

दिवसको अवसरमा पर्यटनसँग सम्वद्ध संघ-संस्थाहरुले आज काठमाडाैँमा विभिन्न कार्यक्रम गरी मनाइरहेकाे छ।

उक्त संघ-संस्थाहरुले बिहान ८ बजे झाँकीसहितको र्‍याली निकालेको थियाे। र्‍याली सञ्चय कोष भवन, त्रिदेवीमार्गबाट सुरु भइ दरवार मार्ग, प्रज्ञा भवन कमलादीमा पुगेको थियो।

र्‍यालीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ पनि सहभागी भएका थिए।

दिवसको अवसरमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को आयोजनामा पर्यटनसँग सम्बद्ध दर्जनौँ संघ-संस्थाहरुले ब्यानर , मौलिक सांस्कृति झल्किने र्‍याली झाँकीसहित काठमाडौँमा र्‍याली निकालिएको हाे।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा प्रज्ञा भवन कमलादीमा विशेष समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सन् १९५३ मे २९ तारिख नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले आजकै दिन पहिलोपटक सगरमाथा आरोहण गरेका थिए।

उनीहरुले पहिलो पटक विश्वको सर्वोच्च सगरमाथा शिखरमा पाइला राखेको दिनलाई सगरमाथा दिवसको रुपमा मनाइँदै आएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?