सोमबार, २८ अप्रिल २०२५

...त्यसपछि ४१०० मिटरमा नेपथ्यको गित गायौ

बिएल संवाददाता

बिएल संवाददाता

रुकुम पूर्व

News Image
• • •

‘त्यसपछि ४१०० मिटरमा नेपथ्यको गित गायौ
घस्दुम देखि ढोरपाटन 


हिडाईको सवालमा महेस सर पछि भए पनि बिहान सबैभन्दा छिटो उठनु हुन्छ। सायद  आज पनि उहाँ  छिटो  उठ्नु भएको हुनुपर्छ। म बिउझिदा साथीहरू  भान्सा कोठामा  गफ गर्दै रहेछन। अध्यारो भएकोले  मलाई  उठाउन ओछ्यानमा  नआएको होला नत्र केटाहरु बगेको पानी जम्ने जाडोमा पनि सिरक तान्ने कठिन  कार्य  गर्नु अगाडि  सर्ने बानी  छ। सबैभन्दा  पहिले दुखाइको महसुस  हुन्छ, यसो कोल्टे  फर्किन  खोज्छु झन दुखाइ  हुन्छ। हिजोको १३ घण्टा  भन्दा धेरै  हिडाई  सम्झन्छु त्यति विघ्न हिडिएको रहेछ, अनि यतिको दुखाइ ठिकै हो। तर मनमा आज कति हिड्नु पर्ने हो अझ हिउँमाथी  हिड्नु पर्ने छ । साथीहरूलाई  दुखाइ  जति सुनाए पनि केहि हुने वाला थिएन र चुपचाप  सहे तर साथीहरूले खुट्टा  दुख्यो भन्नु हुँदै  थियो। मैले  केहि  गर्नसक्ने  अवस्था  पनि थिएन।  साथिहरु उठेर तातो पानी खाई सकेर चिया खादैरहेछन, रातिको हिडाईले खुट्टामा दुखाई थियो तर गन्तव्यमा पुग्न उठ्नै पर्ने हुन्छ। बाहिर उज्यालो  भए पनि घर भित्र  अगेनामा बालेको  आगोको प्रकाश  प्रयाप्त छैन, छेउमा दियालो जोडले बल्दैछ तर पनि उज्यालो मधुरो छ। छेउको भाडामा  फर्सी  पाकेको छ, त्यो फर्सी  खाजा खाएर काममा जान्छन्  होलान्  मलाई  फर्सी  मागेर खान मन हुन्छ, तर माग्न  मुखलाग्दैन हेरेर चित्त बुझाउछु।

म भन्दा धेरै  छिटो उठेका साथीहरूले मुख धुनु भयो भएन थाहा भएन तर मैले  मुख धोइन। तातो पानी र चिया बिस्कुट  खाएर हिड्दा ६स्३० बजिसकेको थियो। जमिनमा उज्यालो  झरि सकेको  थियो तर हिजो राति कराउने पल्लो भेडिगोठको कुकुरहरु अझै  कराउदै थियो। हिड्ने बेलामा बिदाबारि चाहि  धेरै  पुरानो  आफन्त  सङ्ग बिदाई  मागे जस्तो  हुन्छ, एउटा  बटुवाको रुपमा  राति आएको  अन्जान मान्छे  बिहान छुट्ने समयमा धेरै  घुलमिल  भएछौ। घस्दुङखोला नजिकै  सुसाईरहेको थियो, सङै मुटु कटक्क खाने सिरेटोले खोला संगै लय  मिलाउदै थियो। पारीतिर अजङ्गको  पहाड उभिएको छ त्यो पहाडको छातीमा  कुल्चिएर जानु छ, त्यो सिरेटोको अनुभव  गर्दै छिटो(छिटो हिड्ने कोशिस गरे पनि खुट्टाको दुस्खाईले पाइला चाल्न सहज छैन । पाँच  मिनेट  हिडेपछि  घस्दुङखोला पुगिन्छ, खोलामा  पूर्वी  रुकुमको मान्छेको मन जस्तै निश्चल पानी आफ्नै  गतिमा बगिरहेको छ। सायद  पानीलाई पनि समुन्द्रले पर्खिरहेछ तर व्यवस्थित रुपमा खोलामा झोलुङ्गे  पुल  लगाईएको छ। खोला तरेर पाँच  मिनेट  खोलाको किनार हिडे पछि सुरुहुन्छ  कहालीलाग्दो  उकाली।  घना जङ्गलको बाटो भए पनि कुनै रौनक  छैन।  बिहानीको  संकेत  गर्दै चिरबिर गर्ने चरिहरु छैन सुनसान छ, हेर्दा  टोपि खस्ने ठुल्ठुला रुखहरुछन् कुनै रौनकता छैन, सायद अत्याधिक जाडोछल्न चराहरु पनि बसाई सरेका होलान्। माघ ४ गते तकसेरामा  ड्रोन उडाउदा ड्रोन पछाउने चिलहरु यतैतिरबाट गएका होलान् , हिजो  यामखारमा घुम्ने  गिद्दहरु पनि यतै  तिर बाट गएका होलान् खोलामा बग्दा बग्दै गरेको  पानी जमिएकोले  प्यासले  जङ्गलि जनावरहरु पनि बसाइँ  सरेको हुनु पर्छ तर हामि प्रकृतिको  उल्टो तिर उभैउभो जादैछौँ। 

यत्रो ९मुख्य० मुल बाटोमा हिड्ने यात्रीहरु कोहि छैनन् माथी  हिमाल देखि डाडाहुदै बिस्तारै  घाम तलतिर झर्दैछ, खोलाहरु बिस्तारै  बरफसङ्ग बग्दैछ हामि उकालो  हिड्दैछौ रबिन सर र सुरज सर  मेरो अगाडि  हिड्नु हुदैछ, पछाडि  महेश सर हिड्नु हुदैछ हाम्रो  हिडाइको  क्रम जारि छ।  हिड्नु हामि सब्बैलाई गाह्रोछ तर एक अर्कालाई हेराहेर गरेर खुइया लगाउनु भन्दा  अरु केहि भन्नु सकिएको छैन, सबैको हालत एउटै थियो। बिश्रामलिदै, भञ्ज्याङ्हरु छिचोल्दै हाम्रो पाईलाहरु अगाडि  बढ्छन धेरै  बोल्ने  जागरछैन, भए पनि त्यो इनर्जी  बचाउनु छ। आजको दिन उकालो  हिड्नु पर्ने छ  कति हो यकिन  कसैलाई थाहा छैन यति  हो दिन भरि हिड्नु छ।

 हिडदा हिड्दै  गोब्रे सल्लाको रुखहरु देखेर मलाई बाल्यकाल  भोजपुर गाउँको याद आउछ । मेरो गाउँ  देखि माथी मैयुङडाडा पारगरेर घरको छानाको लागि  गोब्रे सल्लाको काठ काट्नु गाउलेहरु जान्थे। म पनि दुई  पटक काठ  बोक्नु गएको थिएँ।आजभोलि सबैको घरमा जस्ताको  छाना छ। त्यसरी  काठ काट्नु र बोक्नु जानु पर्दैन, यहाँका सल्लाका रुखहरुले मलाई  अतित सम्म  फर्काइदियो। साथै मेरो गाउँका आफन्तहरुलाई पनि एक पटक सम्झिनु पुगे, याद गर्नुको लागि मान्छेको जरुरत  पर्दैन परिवेशले  पनि बितेका कुरालाई ताजा गराईदिने रहेछ।


घामको स्पर्शले  बाताबरण न्यानो  हुदैछ जमेका  पानीका खोल्साहरु बिस्तारै  बग्दैछ, पसिनाले शरीर  निथ्रुक्कै भिजाएको छ शरीरलाई पानीको आवश्यक्ता छ। त्यहि  बग्दै गरेको पानी बोतलमा थाप्छु र सुरज सरलाई दिन्छु प्यासको बेला ठुलो  घुड्की लगाउनु भएछ दात र घाटिमा सहि नसक्नु चिसो लागेछ, यो पानी नखाउ भन्नु थाल्नु भयो। हामीलाई  तत्काल  पानीको  जरुरत  छ  खानुनै पर्छ यतिकैमा मैले एउटा  तरिका  सम्झे  रक्सी  खाए जसरि  थोरै थोरै पानी  निल्दा तेस्तो  धेरै चिसो हुन्न, हामिले त्यही  गर्यौ।  बाटामा कतै पग्लिनु बाकि हिउँका थुप्रोहरु छ्न त्यसलाई कुन्चिदै रोमान्चित  हुदै अगाडि  बढ्दै गर्दा अगाडि  हिड्नु भएको रबिन  सर  एक्कासि  कराउनु हुन्छ प्रष्ट  बुझिन्दैन सायद ठाकुर आइपुगियो म पनि खुशि हुन्छु हाम्रो पहिलो गन्तव्य  भेटियो भनेर  यसो हेर्दा  समतल  परेको फाट देखिन्छ। अलिक अगाडि  बढेपछि  एउटा घर देखिन्छ तर त्यो घरको ढोकामा  ताल्चा  लगाएको छ वरिपरि हेर्छु रबिन सरलाई देख्दिन अरु घरगोठहरु थुप्रै छ तर तिनिहरु सुनसान छ। रबिन सर माथि कुना तिर कराउनु भयो तेहि रहेछ भनेर फेरि खुशि लाग्यो। त्यहा हाम्रो लागि  खाना पाक्दै थियो, बिहानको ९ बज्न लागेको थियो। तर हामीलाई  हिजो बेलुका छ बजे खाएको खानाले छोडी  सकेको थियो। त्यस फाटको एकातिर  घाम आईसकेको थियो  बिहान  चिसोले  सताएको शरीरलाई घामले न्यानो  बनाउनु तिर लाग्यौं, फाटको बिच भागमा खोला बग्दो रहेछ एकैछिनमा  बग्दै गरेको  खोलामा  हिउँ  पग्लिनु  बाकि रहेछ त्यहीँ  फोटो र भिडियो खिच्नु थाल्यौं। त्यतिबेला  सम्म घामको किरण  धेरै झरीसकेको  थियो। अघि छाँया  परेको  रहेछ, अहिले  अलिकति देखियो हामिलाई खाना पकाइदिने घर पल्लो कुनातिर रहेछ। घरको छाना देखी  धुवाको मुस्लो हावामा मिलन हुदैछ। म  त्यतातिर  छिटोछिटो पाईला चाल्छु  रबिन सर गएर  तातो पानी तताउदै हुनुहुदो रहेछ,दाईहरुले दाल र तरकारी  पकाईसक्नु भएछ अब भने खाना पकाउने तयारि गर्नुहुदै थियो।
हामिले तातोपानी  सकेसम्म  धेरै खाने कोशिस गर्यौ बिहान  देखि हिड्दा  हाम्रो शरीरमा  पानीको  कमि भइ सकेको थियो, दिन भरि हिड्नु  पर्ने थियो। अर्को खुसीको कुरा त्यहाँ  शोलार जडान  गरिएको  रहेछ हामिले पालै पालो मोबाइल, गोप्रो र ड्रोन  चार्ज गर्यौ, हाम्रो लागि सबै भन्दा सन्तुष्टिको कुरा थियो। अब हामिले मन लाग्दो फोटो भिडियो खिच्नु सक्ने भयौ। आज रातै परेपनि लाइट बालेर भए पनि हिड्न सक्ने भयौं। म भन्दा अगाडि  महेस सर टोइलेट जानु भएको थियो  उहाँले कसरी  सफा गर्नु भयो थाहा भएन अथवा  बस्नु भएन रु तर म जादा टोइलेटको  लागी  राखेको पानी पुरा बरफ भएर जमेको थियो अब के गर्नेरुआपत आइलाग्यो फेरि यसो सोचे तेत्रो बगेको खोलामा चिसोले माछा बस्नु सक्दैन भने बरफले पुछ्पाछ गरे किटाणु  मरिहाल्छ भन्ने सोच बनाएर त्यसै गरे,पानी राखेको  ड्रमलाई कोल्टे पार्दा  अलि बरफ  पग्किएको तिरतिरे पानी जम्मा भयो पुछ्पाछ गर्नु तेसैले काम चलाए। हातधुने साबुन थिएन खोज्नु पनि मन लागेन, हामिले आफै बोक्नु पर्ने हो त्यसरि बोकिएन घस्दुङखोला  जङ्गलमा  सुरज सर बोतलमा पानी बोकेर जङ्गल जानु हुदै थियो सबभन्दा उहाँलाई सजिलो  हुनुपर्छ, हामि दुईजना  नियम मान्ने भएर दुख पायौं। 

खाना खाई सकेपछि ड्रोन फुटेज खिच्दा दाईहरु पनि निक्कै  चाखमानेर हेर्नु भयो। ठाकुर  समुन्द्र  सतह देखि ३३३३ मिटरको उचाइमा  रहेको छ। फागुने धुरि  पुग्नु ७ किलोमीटर  उकालो  हिड्नु पर्ने रहेछ। घर बाहिर घाम ताप्दै मनोरम प्राकृतिको  आनन्द  लिदै  खाना खानु सुरु गरियो।  हिजो  पेल्मामा तिन प्लेट   राङ्गाको सुकुटी  भुटेर बोकेको  थियौं, त्यो पनि तताउनु  लगाएयौ तर खाई सक्ने बेलामा  भैसि र राङ्गाहरु पालेको  कहिकतै देखिएन फेरि राङ्गाको सुकुटि भनेर  दिनु भयो  हामि एकछिन हेराहेर गर्यो यतिकैमा रबिन सरले  जे सुकै होस मिठो छ खाईदिउ भनेर खायौं। खाना खाए पछि झपक्क निन्द्रा लाग्दै  थियो, सुत्ने भन्ने कुरै  छैन ११स्१५  मिनेटमा  हिड्न सुरु गर्यौ।

 जति उकालो  हिड्यो त्यति  हिड्न गाह्रो  हुदै जान्छ। म भन्दा पछी महेस सर  हिड्नु भएको थियो उहाँलाई  मैले तपाईं  हिड्नु पर्छ यदि हिड्नु सक्नु भएन भने तपाईंलाई पनि मदनलाई जस्तै  एक्लै छोडेर हिड्नु बाध्यहुनेछौ भनेर  डर  देखाए उहाँले कति पत्ताउनु भयो उहाँलाई  थाहा छ। समुन्द्री  सतह  देखि ३५०० मिटरको उचाईमा सिधा  उकालो हिड्दैछौ एकै चोटि नाक, मुख र कान बाट स्वास लिदै  फाल्दै  गर्दा  फोक्सोलाई अक्सिजन  नपुगेर  अवस्था  नाजुक  बन्दैछ। गफ गर्न सक्नेस्थिति छैन,काठमाडौ बाट हिड्दा हाम्रो  यात्रा तकसेरा सम्म मात्र थियो त्यसैले हामिले तेस्तो तयारीका साथ हिडेका  थिएनौं। यति उचाई जानु मलाई  डाक्टरले अनुमति  दिनु हुन्न थियो होला। तर अहिले  सम्म तेस्तो केहि अफ्ट्यारो भएको अनुभुति गरेको छैन र नहोस् भन्ने  मनमनै  कामना  गर्छु। साथीहरूले तपाईं  बिरामी मान्छे  फटाफट  हिड्नुहुँदैछ भन्छन्  तर मनमा कतै बिरामी हुन्छु कि भन्ने  डर छ। 

अगाडि  बढयौ उकालो सकिएर हल्का तेर्सो हिड्नु पर्ने भयो मैले  चुन्वाङ देखि बोकेर ल्याएको सुन्तला  तिन वटा बाकि रहेछ त्यो निकालेर साथिहरुलाई  एक एक दाना दिए साथिहरु खुशि हुनुभयो। मलाई रबिन सरले  चकलेट  दिनुभयो। महेस सरलाई मलाई  भन्दा धेरै  गाह्रो  भएछ उहाँले गुनासो  पोखाउनु थाल्नु भयो मुला केटाहरु छाडा बोल्नु पर्ने ठाउँ  बोल्दैन  नबोल्नु पर्ने ठाउँमा  दिनभरि  बोलि बस्छ। मलाई हास्नु मन थियो तर हामिले शरीरमा  इनर्जी  राख्नु पर्ने भएको हुँदा  पान्डेय सरको आखामा आखा जुधाएर सहमत जनाइ दिन्छु।  हामि ठाउँठाउँमा  हिउँ  खेल्दै उत्तर तिर देखिने क्रमशः पुथा,चुरेन र धौलागिरी हिमालको मनोरम दृश्य हेर्दै अगाडि  बढयौ। 

करिब दुइ बजे हामि पाटनमा पुगि सकेको थियौं, परपरसम्म देखिने पाटनहरुमा खालि गोठहरु,सुकेको  घास र कतैकतै जमेको  हिउहरु मात्र देखिन्थ्यो। सायद  बैशाख देखि हरियाली सङै फूलहरु फूल्छ्न होला पाटनमा भेडा, घोडा, गाईगोरु  र यार्सागुम्बा  खोज्नेमान्छेहरुले पाटन श्रिङ्गारिन्छ होला, सोच्दै  अगाडि  पाइला चाल्दै गर्दा फागुने धुरि नजिक पुगेको हुन्छु। बिसाएर भुटेको मकै  भटमास खादै पछि यार्सागुम्बा  टिप्ने  समयमा फेरि आउने सल्लाह  गर्छौ , यतिकैमा हिजो देखि हामिले खाएको सुकुटी के हो भनेर विभिन्न   अट्काल गर्छौं । बि।स। २०६६र६७ साल तिर  काठमाडौको साना होटल र खाजाघरमा  मनाङ्  मुस्ताङ बाट ल्याएको मृगको सुकुटी खाने मान्छे  धेरै  जम्मा  हुन्थे तर त्यो सुकुटी  मृग नभएर भारी  बोक्नु नसक्ने खच्चर  को थियो रे  भन्दै  मेरो दाई र काकाहरुले एक महिना सम्म मासु छोडेका  थिए। मैले त्यही घटना  सम्झेर उता फर्किएर  बिस्तारै  हासे। सबै भन्दा धेरै प्रतीक्षा  गरेको स्थान पुग्दै गर्दा मनमा असीमित  खुसि र उत्सुकता  छ छिटोभन्दा छिटो धुरिमा पुग्नु मन छ, तर खुट्टा  छिटो चल्दैन थकान सङै ४१०० मिटरको उचाईको हावाको वेगले  रात परेको सङ्केत  गर्दैछ। 

मध्यान्ह १२ बजे पछि हावा चल्नु सुरु हुन्छ रे बेलुका सम्म गति  तिब्र  रूपमा  बहदो रहेछ।  फागुने धुरी पुग्नको लागी  हामिले जाडो,रातदिन ,भोकभोकै,निन्द्रा थकाइ  नभनि  पसिनाका धाराहरु बगाउदै आइपुगेका थियौं। उचाइको कारणले होला हामिले भएभरको   खुशी व्यक्त  र साटासाट गर्न  सकेनौं।  हामीलाई हावाको वेगले सताइ रहयो। ड्रोन उडाउने  संभावना थिएन तर फोटो र भिडियो  प्रसस्त खिच्यौ। पुर्बी  रुकुम र बाङलुङ जिल्लाको सिमाना  यहि फागुने धुरि हो। ढोरपाटन  शिकार  आरक्षण पूर्बी  रुकुम बाङ्लुङ र म्याग्दी  जिल्लामा  पर्छ । हामिले  ६ दिन लामो पूर्बी  रुकुमको बसाई लाई बाङ्लुङ तिर सार्दै थियौं।  जिबन भरि सम्झिरहने र  फेरि फर्कि आउने बाचा  सहित नेपथ्यको गित चिच्याउदै गायौ, फागुनेको धुरी।।।चलिरहन्छ हुरी।।।। अब हामी ४१०० मिटरको चिसो बतास छाडेर ओरालो  यात्रा सुरु गर्छौं। 


११ किलोमीटर  हिड्नु पर्ने हुन्छ  बाटो जतिसुकै  लामोहोस्  मतलब भएन  तर आज पनि राति हिड्नु पर्ने निश्चित  थियो। नेपालका चर्चित  नेपथ्य ब्याण्डका मुख्य सदस्य  अमृत गुरुङले  शिरफूल शिर्षकको गित यहि फागुने धुरी, हुँदै  बुकि, पुपाल पाटन  हुँदै  यामखार, पेल्मा ,मैकोट, तकसेरा हुदै ढोरपाटन सम्मका भूगोललाई  समेटेर  लेख्नु भएको छ।  बेलुकीको ४ बज्नु लागेको थियो। हामीलाई  उकालो  भन्दा ओरालो  झर्नु सकस भयो हिउँ  पग्लिएर चिप्लो  र हिलाम्मे  बाटो खोलाको किनार हिड्नु पर्ने छ। दुखेको  खुट्टामा  झन पिडा हुनु थाल्यो आफैंले रोजेको दुख भएर होला कसैलाई  सुनाउनु मन लाग्दैन। रबिन सर र म फटाफट  हिडेर निकै अगाडि  पुगेछौ। महेस सर र सुरज  सर निकै  पछि पर्नु हुन्छ। चारैतिर खुल्ला  छ पर(परसम्म देखिन्छ  तर हामि दुई  जना हिडि रहन्छौ । पहेंलो  घाम फागुने धुरीमा पुग्दैछ अब झमक  हुन्छ, सङै हिड्नु पर्छ भनेर दुई  जनालाई पर्खिन्छौ, तल  ढोरपाटनमा बिजुली  बलेको  देखिन्छ। चिसो  अत्याधिक  बढेको  हुनाले बाटो छेउको खालि गोठमा  आगो  बाल्छौ, कतै  आपतपरियो  भने आगो  चाहिन्छ  भनेर मैकोटमा लाइटर किनेर बोकेको थियौं। आगो दनदनिबल्नु थाल्यो साथीहरू  पनि आइपुगे, एक्छिन सङै ताप्यौ। तपाईंहरु हिड्नु सक्नु हुन्न  हिड्दै गर्नु होस्  रबिन सर र म आगो  निभाएर पछि आउने भयौं।  दुई भाईलाई  आगो  निभाउनु  सकस भयो माटो खोजेर लगाए पनि निभ्दैन हावाको वेगले सल्काइ हाल्छ,बल्लतल्ल अलिक  नियन्त्रणमा  लिए पछि अन्तिम  विकल्पको रूपमा पालैपालो  दमकल  प्रयोग  गरे पछि नियन्त्रणमा आयो। हामिले सफलता  पाएकोमा खुब हास्यौ।


 साथीहरूलाई भेट्न धेरै  समय  लागेन ओरालो बाटोमा मोबाइलको लाईट बालेर  निरन्तर पाईलाहरु  अगाडी  बढिरहेको छ। पारी सल्लेरि बन बेला बेला सुसाउदैछ। क्रमशः  साना साना पाटनहरु पार गरेपछि  ढोरपाटन  नगरपालिका  मुख्य  पाटन  पुग्छौ । रातको ८स्३० बजेको छ बिजुलीले श्रिङ्गारिएको ढोरपाटन देखेर हामि चार जना अचम्मित  हुन्छौं ३००० मिटरको अग्लो स्थानमापनि नगरपालिका छ भनेर दङ्ग  पर्छौ। रात छिप्पिएको छ जाडो  समयमा  पाहुनाहरु आउदैन सबै समयमा सुत्ने गर्छन्, यहाँको थकाली पाहुना  घरमा पनि सुति सक्नुभएछ तर  बोलाउदा उठिहाल्नु भयो। हामिले खाना पकाई माग्यौ खाना सङै घिउ दिने चलन  रहेछ  सुरज  सरले खानुभयो बाकि हामि तिन भाईले खुट्टामा दल्यौ र सल्लेरि बनमा सुसाउने हावासङै निदायौ। क्रमश।।।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?