बिएल संवाददाता
काठमाडाैँ
प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफले जितेको छ। यो जितसँगै एपिएफले पाचौँ पटक प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटको उपाधि जितेको छ।
बुधबार त्रिवि क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप महिला टि–२० को फाइनलमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफले उपाधि जितेको हो। एपिएफले दिएको ११५ रन पछाएको कोशी १०३ रनमै समेटियो।
कोशीका लागि कप्तान रुबिन छेत्रीले सर्वाधिक ६२ रन बनाइन्। कोशीकी अप्सरी बेगम ८ रन बनाउँदै रन आउट भइन्। त्यस्तै काजल श्रेष्ठ २२ रन बनाएर आउट भइन्।
एपिएफको लागि कप्तान सीता राना मगर र करुणा भण्डारीले समान १–१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। एपिएफको लागि इन्दु बर्माले सवाधिक ५३ रन बनाएर आउट भइन्।
यसैगरी ज्योती पाण्डे २७, कप्तान सीता राना मगर १, ममता चौधरी ३ रन, सरिता मगर ९ रन बनाएर आउट भए भने नेरि थापा र सोनु थापा शून्य रन बनाएर पेभिलियन फर्किए।
कोशीका लागि अप्सरी बेगमले ३ विकेट लिइन्।अलिश खदियाले २ विकेट लिँदा कप्तान रुबिन छेत्री र निशा शाहाले १–१ विकेट लिए।
प्रतियोगिताको कुल ८ टोलिबीच प्रतिस्पर्धा भएको थियो। पहिलो पटक राउन्ड रोविनको आधारमा खेल भएको थियो।
जहाँ सबै टोलीले एक अर्कासँग खेलेका थिए। प्रतियोगिताको पुस ५ गतेबाट सुरु भएको थियो।