शनिबार, १६ नोभेम्बर २०२४

हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई हरायाे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

हङकङ सिक्सेस प्रतियाेगितामा नेपालले अस्ट्रेलियालाई पराजित गरेकाे छ।

शनिबार बिहान भएकाे खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेकाे हाे। नेपालले दिएकाे ११२ रनकाे लक्ष्य पछाएकाे अस्ट्रेलियाले निर्धारित ६ ओभरमा १०० रन मात्रै बनायाे।

अस्ट्रेलियाका लागि ज्याक वूडले ५५ रन प्रहार गरे।

त्यसअघि पहिले ब्याटिङ गरेकाे नेपालले १११ रन प्रहार गरेकाे थियाे। त्यसक्रममा नेपालका सन्दीप जाेराले ५१ र लाेकेश बमले ३३ रन प्रहार गरेका थिए।

याे नेपालकाे लगातार दाेस्राे जित हाे। यसअघि नेपालले पहिलाे खेलमा इङ्ल्याण्डलाई हराएकाे थियाे।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?