बिएल संवाददाता
काठमाडाैँ
दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जीतको छ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसिलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जीतेकाे हाे।
यसअघि भएकाे पहिलाे संस्करणमा पनि धनगढी उपविजेतमै सिमित भएकाे थियाे। खेलको ३८ औँ मिनेटमा धनगढीले ललितपुरविरूद अग्रता लिएको थियो। धनगढीको लागि अफिज ओलावाले गाेल गरेका हुन्।
यता, पहिलो हाफमा इन्जुरी समयमा ललितपुरले खेललाई १-१ को बराबरीमा ल्यायो। इमोन इजेकिएलले गाेल गर्दै ललितपुरलाई पहिलाे सफलता दिलाएका छन्।
तसपछि खेलकाे ५०औँ मिनेटमा ललितपुरले खेललाई २-१ मा ल्यायो। ललितपुरका लागि दोश्रो गाेल दिनेश हेनजनले गरे। दोश्रो हाफकाे सरुवातदेखि निकै आक्रमिक बनेकाे ललितपुरले खेलकाे ५८औँ मिनेटमा धनगढीबिरुध ३-१ काे अग्रता बनायाे।
ललितपुरकाे लागि इमोन इजेकिएलले ब्यक्तिगत दोश्रो गाेल गर्दै ललितपुरलाई तेस्रो सफलता दिलाए। खेलकाे इन्जुरी समयमा धनगढिका अहमद हिजाजिले गाेल गरेर खेल ३-२ काे अबस्थामा ल्याए।
फाइनलमा धनगढी पहिलो प्लेअफ र ललितपुरले दोस्रो प्लेअफ जित्दै फाइनलमा प्रवेश गरेका थिए। धनगढीले पहिलो प्लेअफमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो भने ललितपुरले इलिमिनेनटरमा काठमाडौं रेजर्सलाई ३–० ले हराउदै दोस्रो प्लेअफमा पुगेको थियो। ललितपुरले दोस्रो प्लेअफमा पोखरा थन्डर्सलाई २–१ ले हराउँदै फाइनल प्रवेश गरेका थियो।
यस संस्करणमा कुल ९ टोलिले सहभागीता जनाएको थियो। गत मसिंर ८ गतेबाट सुरू भएको दोस्रो संस्करणको एनसएलमा ४० वटा खेलहरू भएको थियो। पहिलो संस्करण आयोजना भएपछि एनएसएलको दोस्रो संस्करण झन्डै तीन बर्षापछि आयाेजना भएकाे हाे।