बिएल संवाददाता
काठमाडाैं
द गुड शट स्नूकर क्लबले 'ओपन टु–इन–वान स्नूकर प्रतियोगिता सिजन–४' को आयोजना गरेको छ।
कपनकाे आनी गुम्बामा भइरहेको बहुप्रतीक्षित प्रतियोगिताले नेपालभरिका स्नूकर खेलाडीहरूको ध्यान आकर्षित गरेको छ।
प्रतियोगितामा स्नोकरको उत्कृष्ट प्रतिभा र कडा प्रतिस्पर्धा देख्न सकिने छ।
प्रतियोगितामा दुई मुख्य टोलीहरूले उत्कृष्ट उपाधि सहित नगद पुरस्कार प्राप्त गर्ने छन्।
२ समुहलाई प्रथम, द्वितिय र तृतिय पुरस्कार प्रदान गरिएको यो नेपालमै पहिलोपटक भएको आयोजकले दाबी गरेकाे छ।
टोली ‘ए’ मा पहिलो पुरस्कार रु.५० हजार, दोस्रो पुरस्कार रु.२० हजार, तेस्रो पुरस्कार रु.१० हजार र उच्च ब्रेक पुरस्कार रु.१० हजार रहेको छ भने टोली ‘बी’ मा पहिलो पुरस्कार रु. ३० हजार, दोस्रो पुरस्कार रु. १० हजार, तेस्रो पुरस्कार रु.५ हजार र उच्च ब्रेक पुरस्कार रु.५ हजार रहेको छ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न आठ विधाका ट्रफीहरू प्रदान गरिनेछ।
यो कार्यक्रमको मुख्य प्रायोजक पासाङ तामाङ, फूरी माया तामाङ, र छोरा काजी लामाले रहेका छन्।
अन्य प्रायोजकहरूमा पाहुना प्रायोजक, शार रेस्टुरेन्ट बौद्धस सवारी प्रायोजक, एभरेस्ट एनफिल्ड, यात्रा प्रायोजक, टाकतोक ब्रदर्स ट्रेक र एक्स्पिडिसनस कफी प्रायोजक, माउन्टेन जाभा कफी कम्पनीस नेपाल मल्ल ट्रेक्स र एक्स्पिडिसन र डिजिटल मिडिया प्रायोजक, प्रोजेक्टाइल क्रियेशन्स रहेका छन्।
त्यस्तै प्रतियोगितालाई सफल बनाउन नेपाल माउन्टेनीयरिङ एसोसिएसनका सदस्य लामा बाबु शेर्पा, माउन्टेनर फुरा जम्बु शेर्पा लगायतको पनि सहयोग रहेको विश्व कीर्तिमानी पर्वतारोही तथा द गुड शट स्नूकर क्लबका अध्यक्ष लाक्पा देन्डी शेर्पाले बताए।
उनका अनुसार एक सय ३० भन्दा बढी सहभागीहरू रहेको प्रतियोगिता एक हप्ता सम्म उच्च स्तरको स्नूकरहरुको साथ रमाईलो म्याचहरू सञ्चालन हुनेछ।
सात दिनसम्म चल्ने यो कार्यक्रमको पहिलो दुई दिनको छनोट चरण भने पूरा भइसकेको छ।
यो प्रतियोगिता नेपालको पहिलो प्रमुख स्नूकर प्रतियोगिताको रूपमा एउटा महत्वपूर्ण पाईला हो। जसले देशका विभिन्न कुना काप्चाहरूका प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्य राखेको शेर्पाको भनाइ छ।
उनले भने, ‘यसलाई वार्षिक कार्यक्रम बनाउन योजना छ। यसले नेपालभरका स्नूकर खेलाडीहरूलाई आफ्ना कौशलता प्रदर्शन गर्न र उच्च स्तरमा प्रतिस्पर्धा गर्न मञ्च प्रदान गर्ने छ।’
सहभागी र आयोजक दुवैबाट देखिएको उत्साह र सकारात्मकताले नेपालमा स्नूकरको उज्ज्वल भविष्यको संकेत गरेको छ।
प्रतियोगिता अगाडि बढ्दै गर्दा, प्रशंसक र सहभागीहरू रोमाञ्चक म्याचहरू, उत्कृष्ट खेल भावना सहित नेपाली स्नूकर प्रतिभाको उत्सवको प्रतीक्षा गरिरहेका छन्।