आइतबार, १७ नोभेम्बर २०२४

सत्यनारायणबहादुर स्मृति मिडिया कपमा चितवन च्याम्पियन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे)ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा सोमबार नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ।

आदर्श विद्या मन्दिर (एभिएम) विद्यालयस्थित फुट्सल मैदानमा भएको प्रतियोगिताको फाइनलमा चितवनको टिमले एनएफएनजे काठमाडौँलाई ८–४ ले हरायो। च्याम्पियन टिमका लागि अनिश श्रेष्ठ र गगन श्रेष्ठले ४–४ गोल गरेका छन्। यसैगरी काठमाडौँका अभिनव जोशीले पनि फाइनलमा चार गोल गरेका थिए।

प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नेवाः कलाकार र एनएफएनज ललितपुरको पनि सहभागिता रहेको थियो।

छ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा आयोजकसहित ललितपुरको पत्रकार टिम र कलाकार तथा समूह बीमा काठमाडौँ, चितवनको पत्रकार टिम र फोनिज रहेका थिए। समूह एबाट नेवाः कलाकार विजेता र आयोजक एनएफएनजे उपविजेता बनेर सेमिफाइनल पुगेका थिए। यसैगरी चितवन समूह बीको विजेता र काठमाडौँ उपविजेताको हैसियतमा अन्तिम चारमा पुगेका थिए।

उद्घाटन खेलमा कलाकारको टिमल आयोजकलाई १–० ले हराएर विजयी सुरुआत गरेको थियो। कलाकारको टिमले समूह चरणमा एनएफएनजे ललितपुरलाई पनि ४–० ले हरायो। आयोजक एनएफएनजे भने आप्mनो दोस्रो खेलमा ललितपुरलाई २–१ ले पराजित गरी सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो।

समूह बीमा चितवनले काठमाडौँलाई ६–२ र फोनिजलाई ७–१ ले पराजित गरेको थियो। काठमाडौँ आफ्नो दोस्रो खेलमा फा्निजलाई ५–१ ले हराएर सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो सेमिफाइनलमा ६–२ र दोस्रो सेमिफाइनलमा चितवनले एनएफएनजेलाई ५–१ ले हराएर उपाधि भिडन्तमा स्थान बनाएका हुन्।

सो प्रतियोगिताको समूह चरण सकिएपछि नेवाः महिला पत्रकार र नेवाः महिला कलाकारबीच मैत्री खेल भएको थियो। जसमा नेवाः महिला पत्रकार २–१ ले विजेता बनेको थियो।

सो प्रतियोगिताको उद्घाटन ललितपुरमहानगरपलिका वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठ र समापन ललितपुर उपमहानगरपालिकाका उपमेयर मञ्जली शाक्यले गर्नुभएको थियो।

नेवाः पत्रकार राष्ट्रिय दबुले शिक्षाविद् तथा पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित हरेक वर्ष विभिन्न कार्यक्रम गरी अभियान चलाउँदै आएको छ।

नेवाः पत्रकार राष्ट्रिय दबूले यसपटक श्रेष्ठको १०८ औँ जन्मोत्सव मनाउने क्रममा फुटसलको आयोजना गरेको हो। श्रेष्ठको १०८ औँ जन्मोत्सवको प्रमुख कार्यक्रम भने पुस १३ गते हुनेछ।

सोही दिन मिडिया कपको विजेता, उपविजेता टिमहरुलाई पुरस्कृत गरिनेछ। नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आफ्नाे अध्यक्षतामा पहिलो पटक नेपाल पत्रकार संघको गठन गरेपछि भएको बताए।

२०१२ सालमा पत्रकारहरुको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाल कंग्रेसका पूर्व सभापति वृmष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो।

त्यसपछि यही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदै आएको छ– जुन बिल्कुलै गलत भएको उनको भनाइ छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?