आइतबार, १७ नोभेम्बर २०२४

क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

instagram
• • •

भारतीय अलराउन्डर क्रिकेटर हार्दिक पाण्डेयले चार वर्षको सम्बन्धपछि श्रीमती नताशा स्टान्कोभिकसँग अलग भएको घोषणा गरेका छन्। हार्दिकले बिहीबार सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन्।

पछिल्ला केही महिनादेखि यी दुईबीच सबै कुरा राम्ररी चलिरहेको थिएन। आइपिएल- २०२४मा नताशाले आफ्नो इन्स्टा ह्यान्डलबाट हार्दिकसँगका सबै तस्बिर पनि हटाएकी थिइन्। त्यतिबेला देखि नै उनीहरुको सम्बन्ध राम्रो नभएको चर्चा मिडिया र सामाजिक सञ्जालमा भइरहेको थियो। अब दुवैले आपसी सहमतिमा एकअर्काबाट अलग हुने निर्णय गरेको सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन्।

हार्दिकले लेखेका छन्, ‘४ वर्ष सँगै बसेपछि नताशा र मैले आपसी सहमतिमा अलग हुने निर्णय गरेका छौं। हाम्रा लागि यो कठिन निर्णय हो, हामीलाई अगस्त्यको आशीर्वाद प्राप्त भयो, जो हामी दुवैको जीवनको केन्द्रबिन्दु बन्नेछौं र हामी सह-अभिभावकको रुपमा उनको हेरचाह गर्ने छौं। हामी यो कठिन र संवेदनशील समयमा हामीलाई गोपनीयता प्रदान गर्नको लागि तपाईंको समर्थन र समझदारीको लागि हार्दिक अनुरोध गर्दछौं।’

हार्दिक पाण्डेयले गत वर्ष फेब्रुअरी १४ मा नताशा स्टान्कोभिकसँग क्रिश्चियन र हिन्दू परम्परा अनुसार विवाह गरेका थिए। दुवैले लामो समयदेखि एकअर्कालाई डेट गरेका थिए। हार्दिकले २०१९मा एक पोस्टमार्फत आफू अभिनेत्री नताशासँग रिलेशनशिपमा रहेको बताएका थिए।

सन् २०२०मा दुवैले इन्गेजमेन्ट गरे र एक सन्तानको अभिभावक बने। त्यसपछि दुवैले २०२०मा नै कोर्ट म्यारिज गरेका थिए। नताशा २०२० मा अदालती विवाह हुनुअघि नै गर्भवती थिइन्। विवाहपछि नताशाले अगस्त्यलाई जन्म दिएकी थिइन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?