बिएल संवाददाता
काठमाडाैं
जारी युरोकपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ। राउण्ड १६का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो।
क्वाटरफाइनलमा पुग्ने ८ देशमा स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, नेदरल्याण्डस, टर्की, इङल्याण्ड र स्वीजरल्याण्ड रहेका छन्।
राउण्ड १६मा स्पेनले जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो। भने, जर्मनीले डेनमार्कलाई २-० गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो।
त्यस्तै पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो। भने, फ्रान्सले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गरेको थियो।
त्यस्तै नेदरल्याण्डसले रोमानियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो। भने, टर्कीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो।
त्यस्तै इङल्याण्डले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो। भने, स्वीजरल्याण्डले इटालीलाई २-० गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको थियो।
अब क्वाटरफाइनलमा स्पेनले जर्मनीको सामना गर्ने छ। भने, पोर्चुगलले फ्रान्सको सामना गर्ने छ।
त्यस्तै नेदरल्याण्डसले टर्कीको सामना गर्ने छ। भने, इङल्याण्डले स्वीजरल्याण्डको समान गर्ने छ।
अब क्वाटरफाइनलका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन्।