बिएल संवाददाता
लिस्वन, पोर्चुगल
नेपाल आदीवासी महासंघ पोर्चुगल फुटबलकपको उपाधि नेफएम बुटवल क्बलले जितेको छ।
बुद्धजयन्तीको अवसल पारेर पोर्चुगलको लिस्वनमा भएको खेलमा मनमैजु फुटबल क्लबलाई हराउँदै नेफएम बुटवल क्लबले उपाधि जितेको हो।
ओलाइसको भिक्टोरीया फुटबल ग्राउण्डमा २० वटा नेपाली फुटबल क्लब सहाभागी भएका थिए। फाइनल खेलमा ४-० ले हराउँदै उपाधि जितेको थियो।
उपाधिसँगै टफी मेडल र ३ हजार यूरो करिब साढे ४ लाख नेपाली रुपैयाँ राशी पनि हात पारेको थियो। उपविजेता भएको मनमैजु क्लबले टफी, मेडल र १ हजार ५ सय यूरो करिब सवा २ लाख नेपाली रुपैयाँ हात पारेको थियो।
महासंघले आगामी वर्षमा पनि बुद्धजयन्तीको अवसरमा फुटबल प्रतियोगितालाई अगाडि बढाउने जनाएको छ।
‘हामी यो प्रतियोगिता बुद्धजयन्तीको अवसर पारेर हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजन गर्नेछौँ, यो पहिलो प्रतियोगिता हो,’ अध्यक्षले कुमार मगरले भने।
नेपालीहरुलाई विदेशमा एकताबद्ध गर्नका लागि फुटबल खेलको आयोजना गरिएको थियो। यस्ता खेलले नेपालीहरुलाई विदेशमा पनि हौसला प्रदान गर्ने एनआरएन अध्यक्ष उमेश खड्काले बताए।
‘यस्ता खेलले नेपालीहरुलाई एकताबद्ध गर्न मदत गर्न यस्ता खेलहरु आगामी दिनमा पनि सञ्चालन हुनुपर्छ,’ अध्यक्ष खड्काले भने। उनले नेपालीहरुलाई जोड्नका लागि यस्तो प्रतियोगिताहरु धेरै हुनुपर्नेमा जोड दिएका थिए।
पोर्चुगलमा पछिल्लो समयमा औपचारिक रुपमा आवद्ध फुटबल क्लबहरु बढिरहेका छन्।