बिएल संवाददाता
धनगढी
धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिगको फाइनलमा धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलाली प्रवेश गरेकाे छ।
फाप्ला क्रिकेट मैदानमा शुक्रबार सम्पन्न दुई वटा सेमिफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई र सत्यवती एकेडेमीले युथ अफ टिकापुरलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
आज सम्पन्न पहिलो सेमिफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गर्यो। घोडाघोडीले दिएको ८९ रनको लक्ष्य धनगढी स्पोर्ट्स क्लबले ७ विकेट गुमाएर १६.२ ओभरमा पूरा गर्यो।
धनगढी स्पोर्ट्स क्लबको लागि आयुष्मान बमले सर्वाधिक २५ रन बनाए भने प्रनित थापाले २१ र सुनिल धमलाले १८ रन बनाए।
घोडाघोडीका बलर नरेश सुनार र कृष कार्कीले २–२ विकेट, हरिश बस्नेत र भुपेश जोशी १-१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १६.१ ओभरमा ८८ रनमा सबै विकेट गुमायो।
घोडाघोडीको ब्याटिङ मा नवयुग बस्नेतले सर्वाधिक २५ रन बनाए। बिपिन बिक्रम शाहीले १७, दिनेश रावतले १७ तथा संजय बोहराले १२ रनको योगदान दिए।
धनगढी स्पोर्ट्स क्लबको बलिंगमा अमर सिंह रौटेलाले सर्वाधिक ४ विकेट लिए। दिपक चन्द ठकुरीले ३ तथा भोज राज भट्ट, भुवन कार्की र विकास आग्रीले समान १-१ विकेट लिए।
त्यस्तै दोश्रोसेमिफाइनलमा सत्यवती एकेडेमीले युथ अफ टिकापुरलाई ६ विकेटले पराजित गर्यो।
युथ अफ टिकापुरले दिएको १११ रनको लक्ष्य पछ्याएको सत्यवती एकेडेमीले युथ अफ टिकापुरलाई ६ विकेटले पराजित गर्यो।
सत्यवतीको ब्याटिङमा ओपनर इमरान शेखले सर्वाधिक ४१ रन बनाए। उनले ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सन्दिप रजालीले २३, सन्दिप क्षेत्रीले २१ तथा सन्तोष कार्कीले १२ रन बनाए। युथ अफ टिकापुरका बलर सोलुप चौधरीले २ तथा गौतम केसी र प्रेम शाहले १र१ विकेट लिए।
यस अघि टस हारेर ब्याटिङ गरेको युथ अफ टिकापुरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११० रन बनाएको थियो।
टिकापुरको ब्याटिङ मा प्रकाश जैसीले सर्वाधिक ३२ रन, सुमित महर्जनले २० तथा प्रदिप ऐरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सत्यवती एकेडेमीको बलिंगमा सन्तोष कार्कीले सर्वाधिक ३ विकेट लिए। फिर्दोश अन्सारी र अभिषेक कोइरालाले २र२ विकेट तथा त्रित दास र रंजित कुमारले १र१ विकेट लिए।
उपाधिको लागि धनगढी र सत्यवती एकेडेमीबीच खेल शनिबार हुनेछ।
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्।
प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुर गरी १६ वटा टीमको सहभागिता रहेको छ।