आइतबार, १७ नोभेम्बर २०२४

२०२४ को लागि सेन्ट्रल कन्ट्रयाकमा परे ३० क्रिकेटर, कसकाे तलब कति?

News Image
• • •

नेपाल क्रिकेट संघ (क्यान)ले सेन्ट्रल कन्ट्रयाक रहने खेलाडीहरूकाे नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।

क्यानको यही फाल्गुन १२ र १४ गते सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकले २०२४ काे लागि सेन्ट्रल कन्ट्रयाक रहने पुरुष र महिला क्रिकेटरको वर्गीकरणलाई अनुमोदन गर्ने निर्णय गरेकाे हाे।

क्यानको सेन्ट्रल कन्ट्रयाकअनुसार पुरुष खेलाडीहरुले ग्रेड ए मा एक लाख, बी मा ७० हजार, सी मा ५५ हजार, डी मा ३५ हजार र इमार्जिंग क्याटोगरीमा ३५ हजार मासिक पारिश्रमिक उपलब्ध गराउने भएको छ।

त्यसैगरी महिला क्रिकेटरहरुले ग्रेड ए मा ५० हजार, बी मा ३५ हजार, सी मा ३० हजार, डी मा २५ हजार र इमार्जिंग क्याटोगरिमा २० हजार मासिक पारिश्रमिक पाउने क्यानले जनाएको छ।

सेन्ट्रल कन्ट्रयाक पाउने खेलाडीको सूची: 

पुरुष क्रिकेटर:

ग्रेड ए- रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल।
ग्रेड बी- कुशल मल्ल, गुल्शन झा, भिम सार्की, ललित राजबंशी, आरिफ सेख र अविनाश बोहोरा।
ग्रेड सी- विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी।
ग्रेड डी- पवन सराफ, सागर ढकाल, अनिल शाह, विवेक यादव, आकास चन्द, बसिर अहमद र सुर्य तामाङ।
इमर्जिङ क्याटोगरि- दिपेश कँडेल, रुपेस सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ति र हेमन्त धामी।

महिला क्रिकेटर-

ग्रेड ए- इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर।
ग्रेड बी- कविता कुँवर।
ग्रेड सी- पुजा महतो र अश्मिना कर्माचार्य।
ग्रेड डी- अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र विन्दु रावल।
इमर्जिङ क्याटोगरी- सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबी पोदार, सृष्टि जैसी, सम्झना खड्का र सना प्रविन।

       
        

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?