बिएल संवाददाता
काठमाडाैँ
आइसीसी लिग–२ अन्तरगत नेपालले दोश्रो खेलमा नेदरल्यान्ड्समाथि शानदार जित हात पारेको छ।
शनिबार भएको खेलमा नेपाल ९ विकेटले विजयी बनेको हो। जितको लागि १३८ रनको लक्ष्य पछाएको नेपालले १५.१ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो।
नेपालका दुई खेलाडिले अर्धशतकिय पारि खेले। ओपनर अशिफ शेख र अनिल साहले अर्धशतकिय पारि खेले। ओपनर अशिफ शेखले ४५ बलमा ५४ रन बनाउदै नटआउट रहे। उनले १ छक्का र ८ चौका प्रहार गरे।
तेस्तै, नेपालका अनिल साहले ३४ बलमा ५३ रन बनाउदै नटआउट रहे।उनले ४ छक्का र ६ चौका प्रहार गरे। नेपालका ओपनर कुशल भुर्तेल २८ रन बनाएर आउट भएका थिए। उनले ११ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै आउट भए।
त्यसअघि शनिबार त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३८.५ ओभरमा १३७ रन बनाउदै अलआउट भएको थियो। नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटल शन्यू रनमा आउट भएका थिए।
यस्तै म्याक्स ओ’डाउड रनआउट भएका थिए भने नेदरल्यान्ड्सका साइब्रान्ड एंगलब्रेक्ट २३, बास डे लिड २७ रनमा आउट भएका थिए। तेस्तै, कप्तान स्कट एडवार्डस १२ रनमा आउट भए।
यता, नेपालको लागि कुशल भुर्तेलले सवाधिक ४ विकेट लिए। ललित राजवशिले २ विकेट लिदा सोमपाल कामी, कुशल मल्ल, कप्तान रोहित पौडेल समान १–१ विकेट लिएका थिए।
यसअघि आइसीसी लिग–२ अन्त्रगत नामिबियासँग भएको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो।