आइतबार, १७ नोभेम्बर २०२४

विश्वकप लिग–२: नेदरल्यान्ड्सले नेपाललाई दियाे १३८ रनकाे सामान्य  लक्ष्य

News Image
• • •

त्रिवि क्रीकेट मैदानमा भएको आइसीसी लिग–२ अन्त्रगत नेपाल र नेदरल्यान्ड्सबीचकाे खेलमा नेदरल्यान्ड्सले नेपाललाई १३८ रनकाे सामान्य लक्ष्य दिएकाे छ।

शनिबार बिहान टस हारेर ब्याटिङकाे निम्तो पाएकाे नेदरल्यान्ड्सले ३८.५ अाेभरमा  सबै विकेट गुमाएर १३७  रन बनायाे।

नेदरल्यान्ड्सले पहिलाे अाेभरकाे तेस्रो बलमा विकेट गुमाएकाे थियाे। नेपालका लागि साेमपाल कामिले पहिलाे सफलता दिलाए।  नेदरल्यान्ड्सका माइकल लेभिटल  
शन्यू रनमा अाउट भए। उनलाई नेपालका साेमपाल कामिले अाउट गरे।
 
नेदरल्यान्ड्सका म्याक्स ओ’डाउड रनअाउट भएका थिए। म्याक्सलाई नेपालका भिम सार्किले रनअाउट गरे। उनी २१ बलमा १० रन बनाएर अाउट भएका थिए। नेदरल्यान्ड्सका साइब्रान्ड एंगलब्रेक्ट २३, बास डे लिड २७ तथा नोआह क्रोसलाई नेपालका कुशल मल्लले रनअाउट गरेका थिए।

नोआह २४ बलमा १२ रन बनाउदै नटअाउट रहे। तेस्तै
वेस्ली बरेसि शन्यू रन, शारिज अहमद १ आर्यन दत्त १० रनमा अाउट भए। तेस्तै कप्तान स्कट एडवार्डसलाई नेपालका कुशल भुर्तेल ले एलबीडब्लू अाउट गरे। 

कप्तान स्कट ४९ बलमा ३३ रन बनाएर अाउट भए।भिभिएन किंग्मा २  रनमा अाउट हुदा काइल क्लेन ११ रनमा नटअाउट रहे।

यता, नेपालकाे लागि कुशल भुर्तेलले सवाधिक ४ विकेट लिए।  ललित राजवशिले २ विकेट लिदा साेमपाल कामी , कुशल मल्ल, कप्तान राेहित पौडेल समान १-१ विकेट लिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?