आइतबार, १७ नोभेम्बर २०२४

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट: क्यानडामाथि नेपालको जित

News Image
• • •

क्यानाडाविरुद्ध एकदिवसीय सिरिजकाे पहिलाे खेलमा नेपालले विजयी हासिल गरेकाे छ।

नेपालले क्यानाडलाई ७ रनले हरायाे। जितकाे लागि २२५ रनकाे लक्ष्य पछाएकाे क्यानडा ४७.५ ओेभरमा  अलओउट हुन पुगे। क्यानडाका लागि निकाेलाेस किर्तोनले सवाधिक ६८ रन बनाएर ओउट भए। उनी ९९ बलमा  ७ चौका प्रहार गरेर ओउट भए।

तेस्तै, क्यानडाकम प्रगत सिंहले पनि अधशतकिय पारि खेले। सिंह५० रन बनाए ओउट हुन पुगे, उनीले ५८ बलमा ९ चौका प्रहार गरे। ओराेन जाेनसन १५ बलमा २० रन बनाएर पेभिलियन फर्किए। तेस्तै,नवित धलिवाल १० बलमा ६ रन बनाएर ओउट भए।

श्रेयस माेभ्भ १, सदिन जफर ७ रन,डिलाेन हेलाइगर २ रनमै पेभिलियन फर्किए।

नेपालकाे लागि कप्तान राेहित पौडेलले सवाधिक ४ विकेट लिए। ललित राजवशिले २ विकेट लिदा रिजन ढकाल , साेमपाल कामी, कुशल मल्ल, पवन सरफले समान १-१ विकेट लिए।

तेसअघि त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकाे नेपाल २२४ रनमा अलओउट भयाे। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए। ५८ बल खेलेका उनले १ छक्का र ९ चौका प्रहार गरे।

ओशिफ सेख २४ बल खेल्दै मात्र ८ रन बनाएर ओउट भए। त्यस्तै कप्तान रोहित पौडेल १७ ८ रन,कुशल मल्ल २० रन ,भिम सार्की १७ रन बनाएर ओउट भए। ओरिफ ३८ रन बनाए। राष्ट्रिय टोलिमा फर्किएका पवन सराफ ३४ बलमा १ चौकासहित १५ रन बनाए।

सोमपाल कामी २७ रन बनाएर ओउट भने  सुर्य तामाङ १० रनमा नटओउट रहे।

क्यानडाका लागि उदय भगवानले ३, इस्वार्जोड सोहिले २, साद बिन जफरले २, हर्ष थेकर १ र सहिद अज्माजीले १ विकेट लिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?