बिएल संवाददाता
काठमाडौं
आइसीसी यू- १९ विश्वकपको सुपर सिक्सको जारी खेलमा भारतले नेपाललाइ २९८ रनको लक्ष्य दिएको छ।
शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभरमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २९७ रन बनायो।
भारतका दुई खेलाडीले शतकीय पारी खेले। भारतका कप्तान उदय सरन र सचिन दासले नेपालसविरुद शतक बनाए।
भारतका लागि सचिन दासले सर्वाधिक ११६ रन बनाए। उनले १०१ बलमा ११ चौका र तीन छक्का प्रहार गरेर आउट भए।
उनी गुल्शन झाको बलमा दिपक बोहारको हातबाट क्याच आउट हुन पुगे। त्यस्तै, कप्तान उदय सरन १०० रनमा आउट हुन पुगे।
सरनले १०७ बलमा ९ चौका प्रहार गरे। उनी गुल्शन झाको बलमा सुभाष भण्डारीबाट क्याच आउट हुन पुगे।
भारतका ओपनर आदर्श सिंह २६ रन बनाएर आउट भए। भारतका प्रियान्सु मोलियालाई आकाश चन्दले रनआउट गरे।
मोलिया १९ रन बनाउँदै पेभिलियन फर्किए। त्यस्तै, भारतका अर्सिन कुलकर्णी पनि रनआउट भए। उनी १८ रन बनाएर आउट भए।
नेपालको लागि गुल्शन झाले दुई विकेट लिए भने आकाश चन्दले एक विकेट लिए।
समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो।
तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो।