आइतबार, १७ नोभेम्बर २०२४

यु-१९ विश्वकप: नेपाल आज न्यूजिल्यान्डसँग खेल्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

आइसीसी यू-१९ विश्वकपमा आज नेपाल र न्यूजिल्यान्ड प्रतिस्पर्धा गर्दैछ। नेपालले आज आफ्नाे पहिलाे खेल न्यूजिल्यान्डसँग खेल्न लागेकाे हाे।

दक्षिण अफ्रिकामा जारि यु-१९ विश्वकप नेपाली समय  अनुसार १:४५ बजेबाट सुरु हुँदैछ। यू-१९ विश्वकपमा आज नेपाल र न्यूजिल्यान्ड तेस्रोपटक  आमने सामने हुँदै छन्।  यसअघि सन् २००६ मा र २०१६ मा यी दुइ टोलीबीच प्रतिस्पर्धा भएको थियो। 

यी दुवै भेटमा नेपालले न्यूजिल्यान्डलाइ पराजित गरेको थियो। सन् २००६ मा नेपालले न्यूजिलन्डलाई १ विकेटले पराजित गरेको थियो, त्यस्तै पुन: १० वर्षपछिको भेट अथार्त सन् २०१६ मा नेपालले न्यूजिलन्डमाथि ३२ रनको रोमान्चक जीत हात पारेको थियो। नेपाली टोली आज पुन: एक पटक न्यूजिलन्डमाथि रोमान्चक जीत हात पार्ने लक्ष्य सहित मैदानमा उत्रिदैछ।

शुक्रबारदेखि सुरू भएकाे १५ औँ संस्करणाको यू- १९ विश्वकपमा १६ टोलीको सहभागीता रहेको छ। १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ।  जहाँ नेपाल समूह डी मा तीन टेस्ट राष्ट्र टोली न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तानसँग रहेका छन्। 

नेपाल आज ८ वषपछि यू- १९ विश्वकप खेल्दै छ। त्यस्तै, नेपालले आठौँ पटक यू- १९ विश्वकप खेल्न लागेको हो। यसअघि सन् २०१६ मा नेपालले अन्तिम पटक यू- १९ विश्वकप खेलेको थियो। नेपालले पहिलो पटक यू- १९ विश्वकपको तेस्रो  संस्करणामा सहभागीता जनाएको थियो। सन २००० मा श्रीलंकामा भएको यू- १९ विश्वकपमा नेपालले  पहिलो डेब्यू गरेको हो।  

त्यसपछि सन् २००२ मा न्यूजिलन्डमा भएको यू-१९ विश्वकपमा नेपालले पहिलो पटक टेस्ट राष्ट्रलाई पराजित गरेको थियो। पाकिस्तानलाई ३० रनले पराजित गरेर नेपाललाई एउटा इतिहास रचेको थियो। त्यसबेला नेपालको कप्तानी विनोद दासले गरेका थिए। 

त्यसपछि नेपालले सन् २००४, २००६, २००८, २०१२ र २०१६ मा सहभागीता जनाएको थियो। सन् २०१६ मा भने नेपाल यू- १९ विश्वकपको आठौँ स्थानमा पुगेको थियो। त्यसबेला नेपालको कप्तान राजु रिजाले गरेका थिए। 

जारी विश्वकपमा नेपालले अब माघ १० गते पाकिस्तानसँग खेल्दैछ, भने माघ १२ गते 
अफगानिस्तानसँग खेल्ने छ। विश्वकपअघि नेपालले वमार् अप म्याचहरू खेलेको थियो। 

येस्तो छ नेपाली टोली-

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?