शनिबार, १६ नोभेम्बर २०२४

‘ड्रगिस्ट’को चंगुलबाट बचेकी यौनकमीकाे कथा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

अलाना
• • •

दिनभरि कस्मेस्टिक श्रृंगारमा सजिएर अलाना ग्राहकको पर्खाइमा हुन्छिन् तर रात छिप्पिदैं गएपछि उनी मेकअप उतार्छिन् अनि किलमेलको लागि बजार निस्किन्छिन्।

‘अलाना’ उसको वास्तविक नाम होइन तर पेशाको कारण नाम फेर्न बाध्य भइन् उनी। त्यही नामले उनको वास्तविक जीवन र पेशालाई छुट्याइदिएको छ। वास्तविक जीवनमा उनी एउटी ‘आमा’ हुन्।

युनाइटेड किंगडमकी अलानाले बेलायती सरकारको स्वास्थ्य सेवा एनएचएस र मनोरन्जन इन्डस्ट्रीमा काम गरेकी छन्। तर अहिले उनी एक ‘सेक्स वर्कर’को रुपमा काम गर्छिन्। र, अहिले उनको आम्दानीको स्रोत पनि त्यही हो।

त्यो किसिमको कामले उनीजस्ता अरू महिलालाई पनि असुरक्षित गरेको छ। तर उनी आफूलाई भाग्यमानी ठान्छिन् किनकि पछिल्लो तीन वर्षयता उनीमाथि मात्र एक पटक आक्रमण भएको छ। त्योबेला एक ग्राहकले उनीमाथि नशालु पदार्थ फ्याल्ने कोसिस गरेका थिए। 

त्यो दिन के भएको थियो?

अलानाले भेटेका ग्राहक उनको घर जाने बाटोमा थिए। त्यसैले उनलाई सजिलो भएको थियो। भलै, उनलाई त्यो दिन भने ठिक लागेको थिएन।

झट्ट हेर्दा सामान्य देखिने अर्धबेश ती पुरुषले नशालु पदार्थ सेवन गरेका थिए। उनी पुग्नअगावै। जब अलाना ती पुरुष नजिक पुगिन्। तब उनले अलानाको टाउको समातेर आफ्नो नजिक ताने। र, आक्रमक तरिकाले उनीसँग जर्बजस्ती गर्न थाले। तर विवश थिइन् अलाना। उनी न त्यहाँबाट भाग्न सक्थिन् न त चिच्याउन नै। ‘सुरक्षित निस्किनको लागि मसँग कुनै विकल्प नै थिएन’, उनले भनिन्।

अन्जान पुरुषको त्यो हमलापछि उनले आफ्नो उपचार गरिन्। तर उनले कहीकतै पनि आफूले भोग्नुपरेको पीडाबारे उजुरी दिइनन्। उनलाई लाग्छ कि अपराध गर्नेलाई कुनै सजाय नै हुँदैन।

अलाना जुन काम गर्छिन्, त्यहाँ बदनामी पनि जोडिएको छ। उनको दुख कसैले बुझिदिँदैन् बरू, उल्टै उसैलाई गल्ती देखाइदिन्छ। 

उनीसँग घटेको त्यो घटनाको असर लामो समयसम्म रह्यो। उनलाई उस्तो लाग्थ्यो कि कसैले उनीसँग केही खोसाएर लग्यो। बाध्यताले सेक्स वर्कर बनेकी अलाना मात्र त्यस घटनाको शिकार भएकी छैनन्।

जोखिमले भरिएको जीवन

अनुसन्धानले देखाएको छ कि यौनकर्मीहरूले अपराध गर्ने सम्भावना बढी हुन्छ, विशेषगरी हिंसात्मक अपराधहरू सामान्य जनसंख्याको तुलनामा सन् २०१६ सालमा यौनकर्मीहरूसँग गरिएको अनलाइन सर्वैक्षण अनुसार ४७ प्रतिशत कामदारहरूले आफूले कुनै न कुनै प्रकारको अपराध अनुभव गरेको बताए। ती अपराधहरूमा उत्पीडन, बलात्कार, शारीरिक आक्रमण, लुटपाट र अपहरण प्रयास समावेश छ। 

अलाना भन्छिन्, ‘हामीले कमाएको पैसालाई कंलक देखाउँछ। त्यहीकारण हामी हिंसाको शिकार भइरहेका छौं।’ तर अहिले उनी त्यो अवस्थालाई बदल्न चाहन्छिन्।

उनी यौनकर्मीहरूको सुरक्षा सुधार गर्ने उद्देश्यले अनुसन्धानको लागि सल्लाहकार प्यानलमा नियुक्त भएका केही यौनकर्मीहरूमध्ये एक हुन्।

नटिङ्घम विश्वविद्यालयले यौनकर्मीहरूले यौन उत्पीडन वा हिंसाको अनुभव गर्दा प्रयोग गर्न सक्ने रिपोर्टिङ प्रणाली सिर्जना गर्ने प्रयास गरिरहेको छ।

यो रिपोर्टिङ प्रणाली अहिले अन्तिम चरणमा पुगेको र यो वर्षको अन्त्यसम्ममा प्रहरीलगायत अन्य निकायले यसको फाइदा उठाउने अपेक्षा गरिएको छ।

यस अनुसन्धानको नेतृत्व क्रिमिनोलोजीका सहायक प्राध्यापक डा. लैरिसा सैण्डीले गरिरहेकी छन्।

अस्ट्रेलियाली मूलकी लारिसाले पनि अष्ट्रेलियामा यौन कार्यलाई अपराधको दायरामा ल्याउन माग गरेकी थिइन्।

जर्मनी र न्यूजिल्याण्ड जस्ता देशहरूले यौन कार्य सम्बन्धी नियमहरू खुकुलो पारेका छन्। तर, यसका लागि उनको आलोचना पनि भएको थियो। जसका कारण यौन पर्यटन र मानव बेचबिखन बढेको बताइएको छ।

डा. लारिसा स्यान्डी भन्छिन्, ‘कानून प्रवर्तन प्रहरीको काम हो, त्यसैले यदि तपाईंले यौन कार्यलाई अपराधी ठहराउनुभयो भने, यसले यौनकर्मीहरूलाई उनीहरूको विरुद्धको अपराधको रिपोर्ट गर्नेबारे कम सोच्न मद्दत गर्नेछ, र तिनीहरू सुरक्षित हुनेछन्।’

यस्ता अपराधका बारेमा कम उजुरी पर्नुको एउटा कारण यससँगै सम्बन्धित भ्रामक कानुन रहेको उनी बताउँछिन्।

‘मानिसलाई जर्ज गरिन्छ’

महानगरीय प्रहरीका अनुसार उत्तरी आयरल्याण्ड बाहेक बेलायतमा पैसाको सट्टामा यौन सेवा प्रदान गर्नु कानुनी छ। उत्तरी आयरल्याण्डमा यौनका लागि पैसा तिर्नु गैरकानूनी छ।

यद्यपि, अन्य यौन–सम्बन्धित गतिविधिहरू बेलायतमा गैरकानूनी छन्, जस्तै यौन सेवाहरूको लागि विज्ञापन र वेश्यालय चलाउने।

यहाँको क्राउन प्रोसिक्युसन सर्भिस (सीपीएस) ले उनीहरूको उद्देश्य यौनकर्मीहरूलाई उत्पीडन वा दण्डित गर्नु नभई उनीहरूलाई जबरजस्ती र शोषण गर्नेहरूलाई सजाय दिनु हो।

सीपीएसको अनुसार कहिलेकाहीँ अपराधीहरूले जानाजानी यौनकर्मीहरूलाई लक्षित गर्छन् किनभने उनीहरू विश्वास गर्छन् कि यौनकर्मीहरूले अपराधको रिपोर्ट गर्दैनन् र गरे पनि उनीहरूले समर्थन पाउने छैनन्।

तर, अलाना भन्छिन् कि यसले यौनकर्मीहरूलाई लाजमर्दो महसुस गर्छ।

उनी भन्छिन्, ‘धेरैजसो मानिसले यौनसम्पर्क राख्छन्, त्यसोभए मानिसहरूले यसको लागि पैसा तिर्दा किन फरक तरिकाले हेरिन्छ?’

‘सेक्सवर्क हाम्रो लागि काम जस्तै हो’

जेसिका ब्रेननले नटिङ्घममा वेश्यावृत्ति आउटरिच सेवा (पीएडब्ल्यू) चलाउँछिन्। ‘यौन कार्य गैरकानूनी होइन, तर यसलाई सामान्यतया अनैतिक मानिन्छ’, उनी भन्छिन्। 

त्यही कारणले गर्दा यौनकर्मीले आफूमाथि हुने अपराधको रिपोर्ट नगर्ने उनको भनाइ छ। यसबाहेक उनीहरूलाई सजाय हुने र जनताले विश्वास नगर्ने डर पनि छ। उनीहरुलाई उजुरी दिन लाज लाग्छ।

वेश्यावृत्ति आउटरिच सेवाले सन् १९९० देखि सडक र त्यस्ता अन्य महिलाहरूसँग काम गर्दै आएको छ। तर कतिपय अपराधका घटनामा दोषीलाई कारबाही गर्न कठिनाइ भएको छ।

जेसिका ब्रेनन भन्छिन्, ‘हामीले समर्थन गरेका महिला र पुरुषहरूमाथि हमला नभई एक हप्ता पनि बित्दैन। तर कुनै पनि मुद्दा अदालतमा पुगेको छैन।’

उनी भन्छिन्, ‘हामी यौन कार्यलाई सामान्य काम र कडा परिश्रमको रूपमा हेर्छौं। हामी हाम्रा ग्राहकहरूले हामीलाई उनीहरूको अनुभव इमानदारीपूर्वक बताउन चाहन्छौं।’

अलाना त्यसमा सहमत छिन्। समाजले आफूलाई बहुमूल्य कार्यकर्ताको रूपमा हेर्न चाहेको उनी बताउँछिन्। समाजले यौनकर्मीलाई राम्रो व्यवहार गर्नुपर्ने उनको बुझाइ छ। 

‘म कर र राष्ट्रिय बीमा तिर्छु’, उनी भन्छिन्, ‘यौनकर्मीहरू फ्याँकिएका मानिसहरू होइनन्। उनीहरूलाई पनि सामान्य काम गर्ने व्यक्तिले जस्तै व्यवहार गरिदिएको भए राम्रो हुन्थ्यो।’ –बीबीसीकाे सहयाेगमा

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?