बिएल संवाददाता
काठमाडाैं
प्रधानमन्त्री पुष्पलाल दाहाल ‘प्रचण्ड’ले दलित समुदायलाई मुक्तिका लागि अरुको भर नपर्न सुझाव दिएका छन।
जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साेमबार आयोजित छुवाछूत मुक्त राष्ट्र घोषणा, अवसर, कार्यान्वयन र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे सुझाव दिएका हुन्।
‘कुनै पनि समुदायको मुक्तिका लागि अर्काको भर पर्नु हुँदैन। लडेर अधिकार प्राप्त गर्नु पर्छ’, प्रधानमन्त्रीले भने।
उनले १२ बँदे शान्ति सम्झौताको जगमा नेपालमा जातीय विभेद तथा छुवाछूत घाेषणा भएकाे बताए। यद्यपि, घाेषणाकाे पूर्ण कार्यान्वयन नभएकाेप्रति चिन्ता व्यक्त गरे।
उनले घाेषणा कार्यान्वयनका सन्दर्भमा आफूलाई पनि कर्मचारीबाट असहयाेग भएकाे गुनासाे गरे। ‘म पनि यसकाे भुक्तभाेगी हुँ’, प्रधानमन्त्रीले भने, ‘दाेस्राेपटक प्रधानमन्त्री बनेपछि यसबारे काम गर्न निर्देशन दिन्थेँ तर कर्मचारीहरु भित्र हुन्छ भन्ने बाहिर ह्या भन्ने गरेकाे सुनेँ।’ त्यसैले आफ्नाे मुक्तिका लागि आफू नै निरन्तर लाग्नु पर्ने उनकाे तर्क थियाे।
उनले आफ्नो जीवन उत्पीडित समुदायको लागि समर्पण गरेको र त्यो प्रयत्न अन्त्यसम्म पनि रहने बताए।