आइतबार, १७ नोभेम्बर २०२४

यस्ताे छ आजकाे माैसम

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

लुम्बिनी , मधेस र कोशी प्रदेशका केही र बाँकी भू-भागको थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। साथै लुम्बिनी र कोशी प्रदेशका तराईका केही स्थानहरू र बाँकी भू-भागको थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?