सोमबार, १८ नोभेम्बर २०२४

गण्डकीकाे मुख्यमन्त्रीमा एमालेका खगराजकाे दाबी पेश, सभामुख र दीपक मनाङेसहित ३१ सांसदकाे समर्थन

News Image
• • •

गण्डकी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

सत्तारूढ दलका तर्फबाट नेता अधिकारीले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित  आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेश गरेका हुन्।

उनलाई एमालेका २२, नेकपा माओवादीका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सांसदकाे समर्थन रहेकाे छ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख भट्टले चैत २७ गते ३ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?