बिएल संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्।
पाण्डेले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।
केन्द्रकाे समीकरण फेरिएसँगै फागुन २३ गते नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले राजीनामा दिएका हुन्।
अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो। तर, विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि पाण्डेले राजीनामा दिएका हुन्।
पदबाट राजीनामा दिएका पाण्डे पुनः ठुलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने रणनीतिमा रहेका छन्।
६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन्। गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ। अहिलेको समीकरणमा राप्रपा, दिपक मनाङेको मत पाएर पनि बहुमत पुग्दैन।
पाण्डेले माओवादीको चुनाव चिन्हमा विजयी भएका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गरिरहेको बुझिएका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया