आइतबार, १७ नोभेम्बर २०२४

१४ मन्त्रीकाे सपथ ग्रहण आजै (सुचीसहित)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनर्गठन गरेकाे मन्त्रीमण्डलमा आज (बुधबार) थप १४ जनाले मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन।

नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन्। प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन जनाले यसअघि नै पद तथा गोपनियताको सपथ लिइसकेका छन।

जसका लागि राष्टपति भवन, शितल निवासमा साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ।

यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनियताको सपथ लिँदैछन। बिना विभागीय मन्त्रीको हैसियतमा सपथ लिएका यी तीन नेताले आजै मन्त्रालयको जिम्मेवारी पाउने छन्।

प्रधानमन्त्रीः पुष्पकमल दाहाल प्रचण्ड

नेकपा एमालेका मन्त्रीहरूः

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती, रक्षा

भगवति चौधरी, महिला बालबालिका

राजेन्द्र राई, खानेपानी

दामोदर भण्डारी, उद्योग

ज्वालाकुमारी साह, कृषि तथा सहकारी

बलराम अधिकारी, भूमि व्यवस्था

 

माओवादीका मन्त्रीहरू

नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन, अर्थ

शक्ति बस्नेत, उर्जा

रेखा शर्मा, सुचना तथा सञ्चार 

हितबहादुर तामाङ,  संस्कृति तथा पर्यटन

 

रास्वपाका मन्त्रीहरू

रवि लामिछाने, उपप्रधान तथा गृह

डीपी अर्याल, श्रम तथा राेजगार

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

सुमना श्रेष्ठ, शिक्षा तथा विज्ञान

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?