आइतबार, १७ नोभेम्बर २०२४

‘प्रधानमन्त्री जाने दिन राजदूत फिर्ता संयोग कि नियत?’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

फाइल तस्विर
• • •

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रश्न गरेका छन्।

शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको बताएका छन्।

‘लामो घनिष्ठ सम्बन्ध, ब्यापारको झण्डै दुईतिहाइ हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथ ग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत? दुरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन्’, उनले लेखेका छन्।

सरकारले भारत र अमेरिकालगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?