आइतबार, १७ नोभेम्बर २०२४

दाँत जाँच्न अस्पताल जान परेपछि प्रधानमन्त्रीले स्थगित गरे काँग्रेस नेताहरुसँगकाे बैठक

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

फाइल तस्विर
• • •

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएको बैठक स्थगित भएको छ।

संसदको अवरोध खुलाउनेबारे प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको बैठक स्थगित भएको हो।

प्रधानमन्त्री प्रचण्डको दाँतको जाँचका लागि वीर अस्पताल जानु परेकाले निर्धारित छलफल स्थगित भएको बताइएको छ। आज स्थगित छलफल शनिबार बिहान हुने जानकारी दिइएको छ।

काँग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने अडान लिएपछि संसदका बैठक प्रभावित भएका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?