आइतबार, १७ नोभेम्बर २०२४

संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्दैन: कांग्रेस

News Image
• • •

नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफूहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ। 

सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा सोमबार बिहान बसेको बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय छानबिन समिति गठनको माग आफूहरुको बटमलाइन भएको प्रतिक्रिया दिएका हुन्।

उनले राष्ट्रपति कांग्रेसको मात्र नभएर देशको राष्ट्रपति भएको बताउँदै प्रवक्ता महतले त्यो विषयले आफूहरुको माग प्रभावित नहुने स्पष्ट गरेका छन्। उनले भने, 'यो विषयमा कांग्रेसले सम्झौता गर्दैन। यो विषय अब कांग्रेसको मात्र रहेन। यो आम जनताको विषय हो। कांग्रेसले त यो विषय उठाएको मात्र हो।'

नेपाली कांग्रेसले संसद् अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम नै अन्योलमा परेको छ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसद्मा अवरोध गरिरहेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?