आइतबार, १७ नोभेम्बर २०२४

जसपा नेपालले भन्यो– बहुमत सदस्य हामीसँगै छन्, पार्टी फुटेको छैन

News Image
• • •

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीका बहुमत केन्द्री सदस्य आफूसँग रहेको र पार्टी विभाजन नभएको बताएको छ। जसपा प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै जसपा विभाजन हुने कुनै आधार नरहेको बताएका छन्। 

आइतबार अशोक राईको समूह जसपाबाट छुट्टिदै नयाँ दल दर्ताका लागि निवेदन लिएर निर्वाचन आयोग गरएको थियो। तर सोमबार जसपा प्रवक्ता सुमनले विज्ञप्ति जारी गर्दै नयाँ दल दर्ताको निवेदन नै अवैधानिक रहेको जिकिर गरेका छन्।

‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा केही विभाजित मनस्थितिका व्यक्ति निर्वाचन आयोगमा गई अवैधानिक निवेदन दिएका आधारमा दल विभाजन हुने अवस्था नरहेको अनुरोध छ।’

आइतबार अशोक राईसहित ७ सांसदले नयाँ दल बनाउनका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। हाल जसपा नेपालमा १२ जना सांसद छन्। जसमध्ये बहुत सांसद पार्टी विभाजनको पक्षमा छन्। भने राई समूहले बहुमत केन्द्रीय सदस्य पनि आफूसँगै रहेको दाबी गरेको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?