आइतबार, १७ नोभेम्बर २०२४

लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त

News Image
• • •

लुम्बिनी प्रदेश सरकारको आर्थिक सल्लाहकारमा सुरेश गौतम नियुक्त भएका छन्। अर्थमन्त्रालयमा बसेर काम गर्नेगरी मुख्यमन्त्री जोखबहादुर महराले गौतमलाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन्। 

घोराही उपमहानगरपालिका–१२ निवासी गौतम आर्थिक क्षेत्रका विज्ञ हुन्।व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गरेका गौतम अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको सचिवालयमा रहेर कार्य अनुभव संगाली सकेका छन्।

यसैबीच गौतमलाई मंगलबार अर्थमन्त्री चेतनारायण आचार्यले  मन्त्रालयमा स्वागत गरे।  

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?