बुधबार, २० नोभेम्बर २०२४

कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका– ४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - डोटी,

आइतबारदेखि मात्रै मौसम सुधार हुने

केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने  महाशाखाको पूर्वानुमान छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज पनि वर्षाकाे सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दूई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटक मर्कामा

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका पर्यटकहरु मर्कामा परेका छन्। पछिल्लो दुई दिनयता मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान प्रभावित हुँदा पर्यटकहरु समस्यामा परेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - सल्लेरी

प्रहरी समायोजन रोकिएकाले संघीयता कमजोर भयो भन्नु गलतः गृहमन्त्री लामिछाने 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा लामिछानेले प्रदेशको औचित्यमा प्रश्न उठ्नुमा प्रहरी समायोजन मात्रै नभएको बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एक वर्षमा २३ चर्चित घटनाको प्रहरीले गर्‍याे सफल अनुसन्धान

उनले देउराली सहकारी, हुण्डी कारोबारी पक्राउ, शिवशिखर सहकारी ठगी प्रकरण, दुई किलोग्राम ६०० ग्राम कोकिन बरामद, नक्कली भूटानी शरणार्थी प्रकरण, गैरीगाउँ सामुहिक हत्या, पेट्रोल छर्कि आगो लगाई कर्तव्य ज्यानलगायतका घटनामा सफल अनुसन्धान गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनआन्दोलन दिवसमा आजपाले काठमाडौँमा जनप्रदर्शन गर्ने

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आजपा बागमती प्रदेशले जनआन्दोलन दिवसको अवसरमा काठमाडौँको भृकुटीमण्डपमा विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्न लागेको जानकारी गराएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृह मन्त्रालयले हटायो सादा पोशाकमा खटिने प्रहरी 

घुमुवा प्रहरी गैर–व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले बिहीबार सादा पोशाकका प्रहरी हटाउन निर्देशन दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिसापानी पुलबाट कर्णाली नदीमा हाम फालेका शाहीको शव भेटियो

कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय शाहीले गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका थिए। उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा पानीमा तैरिएको अवस्थामा भेटिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमडीएमएस खरिदमा भ्रष्टाचार: दूरसञ्चारका १९ जनाविरुद्ध मुद्दा, ९१ करोड बढी बिगो दाबी

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगमा प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालसहित १९ जनाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाले बझायाे २६ बुँदे सुझावपत्र

आपतकालीन स्वास्थ्यसेवालाई राज्यको पूर्ण दायित्वभित्र पार्नुपर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै यसलाई सशक्त, सहज र पारदर्शी बनाउनुपर्ने, उपचार तथा स्वास्थ्य सेवामा शुल्क निर्धारणका विषयमा पुनरावलोकन हुनुपर्ने, चिकित्सक तथा स्वास्थ्य मानव स्रोतको सुनिश्चित व्यवस्थापन गर्न जति सक्दो छिटो आवश्यक दरबन्दी सिर्जना गर्नेलगायतका बुँदा सुझावपत्रमा समेटिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निराशा चिर्ने र भरोसा जगाउने सरकारको मुख्य चुनौती छ: प्रधानमन्त्री प्रचण्ड

‘समाजमा विशेषतः युवाहरूमा प्रकट भइरहेको नैराश्यता र नकारात्मक सोचमा परिवर्तन गर्नुछ’, प्रधानमन्त्री दाहालले भने, ‘सबै सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्त्वका उपलब्धिको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती हो, यसको सामना गर्नुछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए। उनी बुधबार साँझ वनमा घाँस दाउरा लिन गएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन्। उनले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरियो हत्या प्रकृतिः चिनेकै व्यक्तिबाट धेरै हत्या, ‘इपिसेन्टर’ मधेस प्रदेश

‘२०–२५ वर्ष पहिले कर्तव्य ज्यान(हत्या)सम्बन्धीको घटना लगभग ८० प्रतिशत नचिनेको व्यक्तिबाट हुने गरेको थियो। अहिले ठ्याक्कै उल्टो लगभग ८० प्रतिशत चिनजानकै व्यक्तिबाट हुने गरेको देखिन्छ’, नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेसँग बेलायतका राजदूत फेनको शिष्टाचार भेट

भेटमा गृहमन्त्रीले एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर-सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि आभार व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ दिल्लीमा आरजुकाे थाइराइडको शल्यक्रिया

भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा उनकाे शल्यक्रिया भएकाे आरजुका स्वकीय सचिव कमल रावलले जानकारी दिएका छन्। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको आरजुको सचिवालयले जानकारी गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

नेपालमा सवारी दुर्घटनाका कारण वार्षिक हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् भने हजारौँ व्यक्तिहरु अङ्गभङ्ग तथा घाइते हुने गरेका छन्। सडक दुर्घटनाबाट गत पाँच वर्षमा ११ हजार तीन सय पाँच जनाले अकालमा ज्यान गुमाएका छन् भने २७ हजार सात सय २६ व्यक्ति गम्भीर घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाल्पा किशोरी हत्या प्रकरण: दुई दिनसम्म प्रहरीले कुनै तथ्य भेटाएन

पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको दुई दिनसम्म प्रहरी तथ्यको नजिक पुग्न सकेको छैन।कुकुरसहितको प्रहरीले टोलिले घटनास्थलमा अनुसन्धान गरेको भए पनि हत्यामा संलग्न व्यक्ति को हुन् भन्ने अथेष्ट प्रमाण भेटाएको छैन। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ