बिएल संवाददाता
काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ।
रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसँग बयान लिन सुरू गरिएकाे हो।
उनलाई मंगलबार बिहान पाेखरा विमानस्थलबाट बुद्ध एयरकाे विमानमार्फत भैरहवा लगिएकाे थियाे।
उनीमाथि बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप छ।