बिएल संवाददाता
काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुनसहित तीन जना पक्राउ परेका छन्।
५ किलो ७ सय ग्राम सुनसहित विमानस्थलबाट मंगलबार साँझ विमानस्थलबाट तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
डीएसपी थापाका अनुसार एयर अरेबियाको जहाजमार्फत यूएईको शारजाहबाट काठमाडौँ आएका चिनियाँ नागरिक जियान जोङ तथा म्यानमारका सात नाइङ तुन र एई एन्गोन फू पक्राउ परेका हुन्।
उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब ५ केजी ७ सय ग्राम सुन फेला परेपछि विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि विमानस्थल भन्सार कार्यालयमा राखिएको छ।